काठकाडौं- पञ्जावका स्वास्थ्यमन्त्री विजय सिंगलाले कमिसन मागेर भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरिएको छ। उनीमाथि छानबिनका लागि मुद्दासमेत दर्ता गरिएको छ।
मुख्यमन्त्री भागवन्त मानले भ्रष्टाचारमा कुनै सहनशीलता नहुने बताउँदै उक्त विषय प्रमाणित हुनेबित्तिकै वर्खास्त गरेर छानबिन थालेको बताए। स्वास्थ्यमन्त्री सिंगलाले एउटा ठेक्कामा १ प्रतिशत कमिसन मागेका थिए। उक्त विषयमा प्रमाण प्राप्त हुनेबित्तिके बर्खास्त भएका हुन्।
मुख्यमन्त्री मानले आफूह एक प्रतिशत पनि भ्रष्टाचार सहन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘जनताले निकै आशाका साथ हाम्रो सरकार बनाएका हुन्। उक्त भरोसा कायम राख्न खरो उत्रनु हाम्रो कर्तव्य हो।’
पार्टीका नेता अरबिन्द केजरीवालले भ्रष्टाचारको प्रणालीकै जरो उखेल्ने प्रण गरेको बताउँदै आफू उनकै सिपाही रहेको मानले बताए।
पञ्जावमा भ्रष्टाचारको आरोप लाग्नेवित्तिकै मन्त्री वर्खास्त भएको यो पहिलोपटक हो। यसलाई आम आद्मी पार्टीको भ्रष्टाचार नसहने नीति कार्यान्वयनका रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।