काठमाडौं- एकसातको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन सात अर्ब रुपैयाँ बढेको छ।
गत हप्ता वैशाख ३० गते ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन जेठ ६ गतेसम्म आउँदा सात अर्ब रुपैयाँले बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ नेपाल बैंकर संघले जानकारी दिएको छ।
यसैगरी, एकहप्ताको अवधिका वाणिज्य बैंकहरुको कर्जा लगानी पनि दुई अर्ब रुपैयाँले बढेको छ। गत हप्ता वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ ६ गतेसम्म आउँदा ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।