काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार बालेन शाहले ५१ हजार मत कटाएका छन्। एक लाख ५७ हजार ३१० मत गणना हुँदा उनले ५१ हजार ५९६ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार ४३० मत प्राप्त गरेकी छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत प्राप्त गरेका छन्।
अझै काठमाडौं महानगरपालिकामा ३३ हजार ८७६ मत प्राप्त गणना गर्न बाँकी छ। काठमाडौं महानगरमा अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मतगणना भइरहेको छ। अन्य वडाको सम्पूर्ण मत गणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।