काठमाडौं– बढुवाको दाबी गर्दै उम्मेदवारले फारम भर्ने म्यादको अन्तिम दिन नै सशस्त्रमा बढुवाका लागि सिफारिस गरिएको छ।
जेठ ६ गते तीन दिनको म्याद राखेर एआईजी बढुवाका लागि आवेदन माग गरिएको थियो। बढुवाको आवेदन दिने म्याद सकिने दिन (जेठ ९) नै एआईजीपी बढुवाका लागि सिफारिस गरिएको छ।
यसअघिका दिनहरुमा भने आवेदन दिने अन्तिम दिनमा बढुवा नै सिफारिस गरिँदैनथियो। तर, यो पटकको एआईजीपी बढुवामा भने आवेदन दिने अन्तिम दिन नै बढुवा सिफारिस गरिएको हो।
बढुवा सिफारिस समितिले रिक्त रहेको एक एआईजीपी पदमा सीपी (चन्द्रप्रकाश) गौतमलाई सिफारिस गरेको छ। अबको एक साताभित्र गौतमविरुद्ध कुनै उजुरी नपरे मन्त्रिपरिषद्ले समितिको निर्णयलाई सदर गर्नेछ।
त्यसपछि गौतम एआईजी बन्ने छन्। नेपाली सेनाबाट सेवा प्रवेश गरेका गौतम सशस्त्र गठन भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए। उनको सेवा अवधि आगामी दुई वर्षमा सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।