• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रियल नआउने भएपछि बेन्जेमाले दिए एमबाप्पेलाई धोकेबाजको संज्ञा

64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  १२:१८
1140x725

काठमाडौं– फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले अन्तत: पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने पक्का भएको छ। एमबाप्पेले पीएसजीसँग थप तीन वर्षको सम्झौता गरेका हुन्। नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन्।

स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले एमबाप्पेलाई भित्राउने प्रयास गरेको थियो। एमबाप्पेले पनि रियलसँग मौखिक सम्झौता गरिसकेका थिए। तर, उनले उक्त सम्झौतामाथि पुनर्विचार गर्दै पीएसजीमै बस्ने निर्णय गरेका हुन्।

रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो। हल्यान्ड यसै महिना मात्र इङ्लिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए।

एमबाप्पे र पीएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो। एमबाप्पेले केही दिन अघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए।

‘मैले पीएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिएँ र म एकदमै खुसी छु’, उनले भने, ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भएँ। मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु।’

एमबाप्पेले पीएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मेट्जमाथि ५–० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए।

पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे।

बेन्जेमा रुष्ट
एमबाप्पे पीएसजीमा बस्ने निर्णय गरेपछि रियलका फरवार्ड करिम बेन्जेमा रुष्ट बनेका छन्। व्यक्तिगत रुपमा नजिक रहेका बेन्जेमाले गत वर्ष फ्रान्सेली राष्ट्रिय टोलीमा फर्केयता नै एमबाप्पेलाई रियल भित्र्याउन चाहेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार राति एमबाप्पेले आफू पीएसजी बस्ने पक्का गरेको केहीबेरमा नै बेन्जेमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा रियललाई औंलाले देखाउँदै नम्बर १ क्लब भएको पोस्ट गरेका थिए। त्यसपछि उनले र्‍याप संगीतका महान टुपाक शाकुरको एक तस्बिर पोस्ट गरेका थिए।

उक्त तस्बिरमा टुपाकसँगै उनको नजिकका साथी पनि रहेका थिए। टुपाकको असामयिक निधनमा तिनै साथीको धोकेबाजी कारण रहेको आरोप लाग्दै आएको छ। बेन्जेमाले घुमाउरो रुपमा  गर्दै एमबाप्पेलाई तिनै साथीजस्तो (धोकेबाज) भएको संकेत गरेका हुन्।

मैदान भित्र र बाहिर दुवैमा राम्रो सम्बन्ध रहेपनि एमबाप्पे रियल नआउनुले यी दुईबीच सम्बन्धमा असर पर्ने अनुमान गर्न सकिन्छ। 

एक दिन अघि एमबाप्पेले दुवै क्लबसँग मौखिक सम्झौता गरिसकेका थिए। एमबाप्पेकी आमा र उनको एजेन्ट फायजा लमारीले पनि दुवै क्लबसँग सम्झौता छलफल पूरा भएको र एमबाप्पेले नै अन्तिम निर्णय लिने बताएका थिए।

Xtrem

Xtrem

रियल र पीएसजी दुवै क्लबले एमबाप्पेलाई नयाँ सम्झौता हस्ताक्षर गरेबापत् १ सय ५० मिलियन युरो तिर्न राजी भएका थिए। दुवै क्लबले एमबाप्पेले आफ्नो तस्बिर अधिकारको अधिकांश रकम तथा वार्षिक तलब ४० मिलियन यूरो रहनेमा पनि सहमति जनाएका थिए।

तर, एमबाप्पेले अन्तिम समयमा रियल नजाने निर्णय लिएका हुन्। उनले यसबारे रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई व्यक्तिगत फोन सम्पर्कमार्फत् नै जानकारी दिएका थिए। 

त्यसपछि रियलका अध्यक्ष पेरेजले ड्रेसिङ रुममा पुगेर खेलाडीलाई एमबाप्पे नआउने जानकारी दिएका थिए।

पीएसजीले सन् २०१८ मा एमबाप्पेलाई १६६ मिलियन पाउण्डमा स्थायी रुपमा अनुबन्ध गरेको थियो। मोनाकोका फरवार्डले एक सिजन लोनमा बिताएर स्थायी रुपमा पीएसजीमा आएका थिए। 

उनी क्लब इतिहासमा नेयमारपछिका महंगा खेलाडी हुन्। उनले यस सिजन मात्र पीएसजीलाई लिग जिताउन २८ गोल गर्नुका साथै १७ गोलको अवसर सिर्जना गरेका थिए।

मौरिसियो पोचिटिनोको क्लब च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा भने नाटकीय रुपमा पराजित बनेको थियो। 

एमबाप्पे बाल्यकालमा हुँदा रियलका खेलाडीको पोस्टर उनको कोठामा थियो। उनी विशेषगरी क्रिस्टियानो रोनाल्डोको समर्थक थिए। तर, पटक–पटक आफ्नो सपनाको क्लब जाने अवसरलाई पनि एमबाप्पेले नकारेका छन्। 

यता, एमबाप्पे नआउने भएपछि रियल  समस्यामा परेको छ। सन् २०१८ मा रोनाल्डोको प्रस्थानपछि क्लबले ठूलो नाम भित्र्याउन सकेको छैन।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्