काठमाडौं- अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने निश्चित भएको छ।
पीएसजीले शुक्रबार डी मारियाले सिजनको अन्त्यबाट क्लब छोड्ने पुष्टि गरेको हो। डी मारियाले पीएसजी छोड्ने पक्का भएपनि नयाँ सिजनमा कुन क्लबमा देखिनेछन् भन्ने केही खुलाइएको छैन।
२०१५–१६ को सिजनमा पीएसजी प्रवेश गरेका डी मारियाले २९४ खेल खेल्दै ९१ गोल गरेका छन्। यस्तै, १११ पटक गोलका लागि असिस्ट गरेका छन्।
७ सिजनमा डी मारियाले १८ पटक उपाधि दिलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।