• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेस प्रदेशको नतिजा चित्र : एमालेको छवि सुध्रिएको हो?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  २०:४१
1140x725

काठमाडौं- मधेस प्रदेशका ८ जिल्लाको मतगणना जारी छ। शुक्रबार बेलुकासम्म ९७ पालिकाको मतगणना सार्वजनिक भइसकेको छ। १३६ पालिकामध्ये अब ३९ पालिकाको मतगणना सम्पन्न हुन बाँकी छ।

समाचार तयार पार्दासम्मको आँकडाअनुसार कांग्रेसले ३६ पालिकाको नेतृत्व जितिसकेको छ, ७ वटा पालिकामा अग्रता लिएको छ। नेकपा एमालेले २० वटा पालिकाको नेतृत्व जितिसकेको छ, ७ वटा पालिकामा अग्रता लिइरहेको छ। जनता समाजावदी फोरमले १६ पालिकामा जितिसकेको छ, ११ पालिकामा अग्रता लिइरहेको छ। लोसपाले ९ वटा पालिकाको नेतृत्व जितेको छ, ३ वटा पालिकामा अग्रता लिएको छ। त्यस्तै माओवादी केन्द्रले ७ वटामा जित निकालेको छ, ६ वटामा अग्रता लिएको छ। अन्य केही दलले एक दुई पालिकामा जित निकालेका छन्।

उल्लेखित दलहरुको २०७४ सालको नतिजा हेरौँ। त्यतिबेला कांग्रेसले ४० पालिकामा जितेको थियो। अहिले कांग्रेसमै मिसिएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले ३ पालिका जितेको थियो। अहिले जनता समाजवादी पार्टी बनेको तत्कालीन संघीय समाजवादी फोरमले २६ पालिका जितेको थियो। सोही दलमा मिसिएको नयाँ शक्तिले एक पालिका जितेको थियो। त्यस्तै, अहिले लोसपाले प्रतिनिधित्व गर्ने तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ पालिका जितेको थियो। माओवादीले २१ र एमालेले १८ पालिका जितेका थिए।

जितिसकेका पालिका र अग्रतालाई केलाउँदा कांग्रेस र जसपाले २०७४ कै हाराहारीमा पालिकाको नेतृत्व गर्ने सम्भावना छ। तर अन्य तीन दल एमाले, माओवादी केन्द्र र लोसपाको शक्ति संरचनामा भने व्यापक फेरबदल आएको देख्न सकिन्छ। माओवादी केन्द्र र लोसपाको शक्ति धेरै नै खिइएको देखिन्छ। त्यसको लाभ एमालेले उठाएको छ। मुख्यतः पहाडी/हिमाली जिल्लामा राम्रो प्रभाव रहेको भए पनि एमाले मधेस क्षेत्रमा भने कमजोर देखिँदै आएको थियो। तर यो निर्वाचनमा कतिपय पहाडी/हिमाली जिल्लामा ऊ शून्य भयो, कमजोर भनिएको मधेसमै बलियो देखिएको छ।

यसबीचमा एमाले विभाजन भइसकेको छ। माधव नेपाल नेतृत्वमा गत भदौमा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन गरिएको थियो। मधेस प्रदेश नेपालको गृह प्रदेश पनि हो। बरु स्वयं नेपालको उल्लेखनीय प्रभाव देखिएन। सो पार्टीले अहिलेसम्म जम्मा ४ वटामा जित निकालेको छ भने २ वटामा अग्रता लिएको छ। यसरी पार्टी विभाजन भएको अवस्थामा समेत एमालेको उदय रोचक छ।

nimb
nimb

एमालेका नेताहरुले भन्ने गरेका थिए, माधव नेपालको बहिर्गमनबाट गुमेको शक्तिलाई आफूहरुले माओवादी लगायतका पार्टीबाट भित्र्याएर पूर्ति गरेका छौँ। त्यसको पुष्टि मधेस प्रदेशमै भएको छ। यो प्रदेशमा राम्रै प्रभाव राख्ने नेता प्रभु साह २०७७ मै माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका थिए। त्यसले पनि एमालेलाई लाभ पुगेको छ।

मुख्यचाहिँ एमालेले मधेसी मतदातामा आफ्नो छवि सुधार गरेको देखिन्छ। यो यही प्रदेश हो, जहाँ कुनै बेलामा एमालेको निकै विरोध हुने गरेको थियो। खासगरी संविधान सभाबाट संविधान जारी गर्ने सुरसार भएपछि एमाले नेताहरु (विशेषगरी अध्यक्ष केपी शर्मा ओली) को आलोचनामा मधेसले धेरै शब्द खर्चिएको थियो। त्यहाँ आफ्नो प्रभाव बढाउन ओलीले निकै प्रयत्न गरिरहेका थिए। विभिन्न पार्टीका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर नै चलाएका थिए। निर्वाचनमा त्यसको प्रतिफल प्राप्त भएको छ।

अब चर्चा गरौँ, जसपा र लोसपाको। यी दुवै दल २०७४ को निर्वाचनमा छुट्टाछुट्टै थिए। त्यतबेला उनीहरुको विद्रोही छवि पनि कायमै थियो। किनकि, संविधान जारी हुनुभन्दा अगाडिदेखिको असन्तुष्टि उनीहरुले फरकफरक तरिकाबाट व्यक्त गरिरहेका थिए। त्यसको लाभ निर्वाचनमा पुगेको ठान्न सकिन्छ। तर, यसबीचमा उनीहरुबीच एकता पनि भयो, विभाजन पनि भयो। महन्थ ठाकुर नेतृत्वको एक पक्षले त ओलीको 'प्रतिगमन'मा खुला साथ नै दियो। आलोचना सहेर उनकै मन्त्रपरिषद्‌मा पनि समेत सामेल भयो। यसको सजाय सायद यो निर्वाचनमा मिलेको छ।

जसपाले आफ्नो शक्ति यथावत् राख्ने देखिन्छ। तर उसले पनि लोसपाले गुमाएको शक्तिलाई आफूतिर तान्न नसकेको देखिन्छ। मुख्यतः यी दुवै दलको 'विकल्पमा गठन' भएको जनमत पार्टीले दुई पालिकाको नेतृत्व जितेको छ। त्यसमध्ये एउटा तत्कालीन संघीय समाजवादी फोरम र एउटा तत्कालीन राजपाले जितेको पालिका हो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारका लागि कुन राजनीतिक दलले कति सहयोग गरे? आइतबार, भदौ १४, २०८३
भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाको टोलीले चिलिमेको सुरुङबाट दुई शव निकाले आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्