काठमाडाैं-अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबार ललितपुरस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेम्वाङले उम्मेदवारी घोषणा गरेका थिए।
त्यसपछि उनले सातदोबाटेस्थित एन्फा मुख्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
एन्फा निर्वाचन कमिटिका सदस्यसचिव बद्री भट्टराईका अनुसार सदस्य पदका लागि सुर्खेतका रवीन्द्र चन्द, जुम्लाका अध्यक्ष भरत बुड थपा र मोरङका दीपेन्द्र धिमालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यता, बाँकेका भोजराज शाही र कैलालीका अनिल मल्लले पनि सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। तर, आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वीरबहादुर खड्काले भने शुक्रबार उम्मेदवारी दर्ता गराएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।