काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन्।
यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने “क्वाद लिडरर्स समिट” मा सहभागी हुन उनी जान लागेका हुन्।
सम्मेलनमा जापान र अष्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन्।
मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा बिहीबार जानकारी दिइएको हो।
यो सम्मेलन अहिले चौथो पटक हुन लागेको जनाइएको छ। सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रिय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।