काठमाडाैं-भारतमा आयोजना हुने यू-२० पुरुष साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक तालिका अनुसार नेपालले उद्घाटन खेलमा साउन ९ गते माल्दिभ्सको सामना गर्नेछ। यस्तै, नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ। १४ गते नेपालले भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।
प्रतियोगिताको फाइनल खेल २० जेठमा हुनेछ। सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोतिगाको सबै खेल भारतकाे भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने छ।
शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।