काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएका छन्।
शेर्पाले असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा शुक्रबार उम्मेदवारी दिन लागेका हुन्।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदै छ। पदाधिकारीसहित कार्यसमितिका लागि भोलिदेखि ६ दिनसम्म दर्ता खुला हुने छ।
‘भोलि पहिलो दिन नै बिहान १० बजे उम्मेदवारी दिने भएको छु। उम्मेदवारी दिने समय ६ दिन छ। अन्य साथीहरुले विस्तारै छलफल गरेर उम्मेदवारी दर्ता गराउनुहुनेछ,’ शेर्पाले नेपाल लाइभसँग भने।
शेर्पा चार वर्षअघि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै एन्फा अध्यक्षमा निर्वाचित भएका थिए। शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।