काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसबाट धार्मिक पर्यटनको माध्यमबाट रोजगारी सिर्जना हुने बताएका छन्।
रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार एक समारोहकाबीच उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले सरकारको अथक प्रयासमा विमानस्थलको निर्माण सम्पन्न भएको भन्दै सबैलाई धन्यवादसमेत दिए।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै करिब ७४ वर्षपछि काठमाडौंबाहिर पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ।
कुवेतबाट जजिरा एयरलाइन्सको विमान विमानस्थलमा अवतरण गरेको छ। ७४ वर्षपछि काठमाडौंबाहिर अन्तर्राष्ट्रिय उडान सुरु भएको हो।
जजिरा एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर बिहान १० बजे उडान गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।