• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

निर्णय गर्ने बेला: मतदाताले विवेक प्रयोग गर्ने अपेक्षा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २९, २०७९  १६:५६
1140x725

देशैभर स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न हुँदैछ। पाँच वर्षपछि हुँदै गरेको निर्वाचनको अन्तिम तयारी चलिरहेको छ। मतदाताहरु पनि मतदानको लागि व्यग्र प्रतीक्षामा देखिन्छन्। निर्वाचनबारे सार्वजनिक स्थानहरुमा बढेको चासो चरम अवस्थामा पुगेको छ। भनौँ, फुटबल खेल सुरु हुनुअघि बज्ने सिट्ठीको जस्तै समयमा देश आइपुगेको छ।

२०७२ मा जारी नेपालको संविधानले परिकल्पना गरेको एउटा नयाँ तह पनि भएकाले यो निर्वाचनले स्थानीय तहलाई थप संस्थागत बनाउन भूमिका खेल्नेछ। अर्कोतिर यसैको आडमा हाम्रो चुनाव र लोकतन्त्र पनि थप परिपक्व बन्दै जानेछन्। त्यसैले जुनसुकै तहको होस्, आवधिक निर्वाचन हाम्रा निम्ति स्वभाविक र उत्साहजनक बनेकै राम्रो हुनेछ। त्यसको संकेत देखिएको छ। निर्वाचनका लागि काठमाडौं लगायतका मुख्य सहरहरुबाट मतदाताहरु आफ्नो पालिकामा पुगेको खबर सार्वजनिक भइहरेका छन् जुन सुखद छ।

पाँच वर्षअघि भएको यस्तै निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुहरुले यसबीचमा पालिका र वडाको नेतृत्व गरे। यसले स्थानीय मुद्दा र आवश्यकताको पहिचान भएको र त्यसका लागि काम सुरु भएको छ। पाँच वर्षसम्म आधार बनेको र अब त्यसमा  टेकेर विकास गर्ने तथा जनजीविकाका अन्य सरोकारलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। खासगरी, आम मान्छेको जीवनयापन र दैनिक रुपमा आइपर्ने प्रशासनिक कामलाई सहज बनाउने सवालमा स्थानीय तहहरु धेरै हद सम्म सफल साबित भए। कोरोना महामारीका सुरुवाती दिनमा स्थानीय तहको भूमिका बिर्सिनसक्नु छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो निर्वाचन हाम्रो स्थानीय तहभित्रका मुद्दा र सरोकारका विषयमा छलफल गर्ने र त्यसलाई सम्बोधन गर्ने उपायमाथि मन्थन गर्ने सन्दर्भ पनि हो। स्थानीय तहका उम्मेदवारहरुले व्यक्तिगत र पार्टीगत घोषणापत्रमार्फत आफ्ना क्षेत्रलाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेका छन्। जसमाथि केही समययता बहस पनि भयो। यसले स्थानीय तहको  व्यापक अधिकार र कर्तव्यलाई एकैपटक जनता समक्ष पुर्‍याइदिएको छ। त्यसको आधारमा जनअपेक्षा पनि वृद्धि भएको छ। जुन भोलिका दिनमा जनप्रतिनिधिको निगरानी गर्नका लागि सहयोगी हुनेछन्।

तैपनि, यसमा दलहरुबाट केही कमजोरी हुन गए। उनीहरुले यसलाई पार्टी केन्द्रको प्रतिष्ठाको विषय बनाएको देखियो। उम्मेदवार चयनदेखि घोषणापत्रमा उल्लेखित विषयसम्म केन्द्रीयता हावी हुन गयो। पार्टीका केन्द्रका नेताहरु नै बढी चर्चामा रहन गए। यो अस्वाभाविक त होइन, तर समग्र निर्वाचनको उत्साह सीमित नेताको प्रतिष्ठाको विषयमा खुम्चियो। जसले स्थानीय तह परिकल्पना गर्दाका व्यापक विषय ओझेलमा नपरोस् भन्नु मनासिब नै हुन्छ। यद्यपि, निरन्तर अभ्यासले यस्ता विषयमा पनि सुधार आउँदै जानेछ।

निर्वाचनको क्षण नजिकिँदै गएको अहिलेको समयमा मतदातामाथि सबैको आँखा छ। उनीहरुको विवेक प्रयोगले नै आगामी दिनमा आफ्नो स्थानीय तहदेखि वडासम्मका जनप्रतिनिधि कस्तो हुनेछन् भन्ने निर्क्यौल गर्ने छ। ती जनप्रतिनिधिको आगामी कार्यशैली र प्राथमिकताले मतदातालाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। मतदानअघि आफूले चाहेको आफ्नो पालिका र वडा कस्तो हो र त्यसका लागि कस्ता प्रतिनिधि उचित हुनेछन् भन्ने पर्गेल्नु जरुरी छ। आखिर मतदानको औचित्य पनि त्यही नै हो।

खासगरी यतिबेला मतदाताबाट गरिने अपेक्षा भनेको आफ्नो विवेकको प्रयोग हो। उनीहरूलाई उम्मेदवारका नीति र अजेण्डा बाहेक कुनै पनि क्षणिक विषयले  प्रभावित नपारोस् भन्ने हो। मतदातालाई पारिने क्षणिक प्रभावले सम्बन्धित पालिका र वडाको विकासका लागि दीर्घकालीन असर पर्ने हुनसक्छ। पाँच वर्षअघि कस्ता उम्मेदवारलाई निर्वाचित गर्दा आफ्नो ठाउँमा कस्तो प्रभाव पर्‍यो भन्ने भुक्तभोगी मतदाताबाहेक अरु को हुनसक्छ र? यसपटक पाँच वर्षअघिको मतदानबाट पाठ सिकेर मतदाताले स्वतन्त्र र निर्भिक रुपमा आफ्नो विवेक प्रयोग गर्नेछन् भन्ने अपेक्षा हामी गर्दछौं।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता बुधबार, साउन ६, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता बुधबार, साउन ६, २०८३
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्