• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

निर्णय गर्ने बेला: मतदाताले विवेक प्रयोग गर्ने अपेक्षा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २९, २०७९  १६:५६
1140x725

देशैभर स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न हुँदैछ। पाँच वर्षपछि हुँदै गरेको निर्वाचनको अन्तिम तयारी चलिरहेको छ। मतदाताहरु पनि मतदानको लागि व्यग्र प्रतीक्षामा देखिन्छन्। निर्वाचनबारे सार्वजनिक स्थानहरुमा बढेको चासो चरम अवस्थामा पुगेको छ। भनौँ, फुटबल खेल सुरु हुनुअघि बज्ने सिट्ठीको जस्तै समयमा देश आइपुगेको छ।

२०७२ मा जारी नेपालको संविधानले परिकल्पना गरेको एउटा नयाँ तह पनि भएकाले यो निर्वाचनले स्थानीय तहलाई थप संस्थागत बनाउन भूमिका खेल्नेछ। अर्कोतिर यसैको आडमा हाम्रो चुनाव र लोकतन्त्र पनि थप परिपक्व बन्दै जानेछन्। त्यसैले जुनसुकै तहको होस्, आवधिक निर्वाचन हाम्रा निम्ति स्वभाविक र उत्साहजनक बनेकै राम्रो हुनेछ। त्यसको संकेत देखिएको छ। निर्वाचनका लागि काठमाडौं लगायतका मुख्य सहरहरुबाट मतदाताहरु आफ्नो पालिकामा पुगेको खबर सार्वजनिक भइहरेका छन् जुन सुखद छ।

पाँच वर्षअघि भएको यस्तै निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुहरुले यसबीचमा पालिका र वडाको नेतृत्व गरे। यसले स्थानीय मुद्दा र आवश्यकताको पहिचान भएको र त्यसका लागि काम सुरु भएको छ। पाँच वर्षसम्म आधार बनेको र अब त्यसमा  टेकेर विकास गर्ने तथा जनजीविकाका अन्य सरोकारलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। खासगरी, आम मान्छेको जीवनयापन र दैनिक रुपमा आइपर्ने प्रशासनिक कामलाई सहज बनाउने सवालमा स्थानीय तहहरु धेरै हद सम्म सफल साबित भए। कोरोना महामारीका सुरुवाती दिनमा स्थानीय तहको भूमिका बिर्सिनसक्नु छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो निर्वाचन हाम्रो स्थानीय तहभित्रका मुद्दा र सरोकारका विषयमा छलफल गर्ने र त्यसलाई सम्बोधन गर्ने उपायमाथि मन्थन गर्ने सन्दर्भ पनि हो। स्थानीय तहका उम्मेदवारहरुले व्यक्तिगत र पार्टीगत घोषणापत्रमार्फत आफ्ना क्षेत्रलाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेका छन्। जसमाथि केही समययता बहस पनि भयो। यसले स्थानीय तहको  व्यापक अधिकार र कर्तव्यलाई एकैपटक जनता समक्ष पुर्‍याइदिएको छ। त्यसको आधारमा जनअपेक्षा पनि वृद्धि भएको छ। जुन भोलिका दिनमा जनप्रतिनिधिको निगरानी गर्नका लागि सहयोगी हुनेछन्।

तैपनि, यसमा दलहरुबाट केही कमजोरी हुन गए। उनीहरुले यसलाई पार्टी केन्द्रको प्रतिष्ठाको विषय बनाएको देखियो। उम्मेदवार चयनदेखि घोषणापत्रमा उल्लेखित विषयसम्म केन्द्रीयता हावी हुन गयो। पार्टीका केन्द्रका नेताहरु नै बढी चर्चामा रहन गए। यो अस्वाभाविक त होइन, तर समग्र निर्वाचनको उत्साह सीमित नेताको प्रतिष्ठाको विषयमा खुम्चियो। जसले स्थानीय तह परिकल्पना गर्दाका व्यापक विषय ओझेलमा नपरोस् भन्नु मनासिब नै हुन्छ। यद्यपि, निरन्तर अभ्यासले यस्ता विषयमा पनि सुधार आउँदै जानेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निर्वाचनको क्षण नजिकिँदै गएको अहिलेको समयमा मतदातामाथि सबैको आँखा छ। उनीहरुको विवेक प्रयोगले नै आगामी दिनमा आफ्नो स्थानीय तहदेखि वडासम्मका जनप्रतिनिधि कस्तो हुनेछन् भन्ने निर्क्यौल गर्ने छ। ती जनप्रतिनिधिको आगामी कार्यशैली र प्राथमिकताले मतदातालाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। मतदानअघि आफूले चाहेको आफ्नो पालिका र वडा कस्तो हो र त्यसका लागि कस्ता प्रतिनिधि उचित हुनेछन् भन्ने पर्गेल्नु जरुरी छ। आखिर मतदानको औचित्य पनि त्यही नै हो।

खासगरी यतिबेला मतदाताबाट गरिने अपेक्षा भनेको आफ्नो विवेकको प्रयोग हो। उनीहरूलाई उम्मेदवारका नीति र अजेण्डा बाहेक कुनै पनि क्षणिक विषयले  प्रभावित नपारोस् भन्ने हो। मतदातालाई पारिने क्षणिक प्रभावले सम्बन्धित पालिका र वडाको विकासका लागि दीर्घकालीन असर पर्ने हुनसक्छ। पाँच वर्षअघि कस्ता उम्मेदवारलाई निर्वाचित गर्दा आफ्नो ठाउँमा कस्तो प्रभाव पर्‍यो भन्ने भुक्तभोगी मतदाताबाहेक अरु को हुनसक्छ र? यसपटक पाँच वर्षअघिको मतदानबाट पाठ सिकेर मतदाताले स्वतन्त्र र निर्भिक रुपमा आफ्नो विवेक प्रयोग गर्नेछन् भन्ने अपेक्षा हामी गर्दछौं।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्