• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पत्रकारको कठघरामा गणेशको ‘गनगन’!

64x64
दीप सुवेदी बिहीबार, वैशाख २९, २०७९  ०६:४८
1140x725

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएको करिब ७ वर्ष पुग्यो। तर, निलम्बित पूर्वअध्यक्ष थापा अहिले पनि भित्रभित्रै उकुसमुकुसले भरिएका छन्।

यही उकुसमुकुस उकेल्न थापाले प्रतिबन्धको ७ वर्षे अवधिमा आफ्नै आत्मकथा लेख्नेदेखि फुटबल र एन्फाका बारेमा विभिन्न आरोप र आलोचना गर्दै आइरहेकै छन्। यति मात्र होइन, सामाजिक सञ्जालमा पनि उनी आरोप प्रत्यारोपमा भिँडिरहेकै हुन्छन्। 

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाविरुद्ध खुलेरै आलोचना गर्नेमा पनि थापा अग्रपंक्तिमै पर्छन्। यसको कारण हो, उनीमाथि लागेको प्रतिबन्ध र अहिले नेतृत्वले पनि विवादरहित काम देखाउन नसक्नु। जसले गर्दा थापाको फेसबुकका भित्ताहरु यही कुराले रंगिनै रहन्छन्।

प्रतिबन्धको फुकुवा हुन ३ वर्ष बाँकी रहँदा पनि उनी निर्वतमान अध्यक्ष शेर्पाविरुद्ध  निरन्तर खनिनै रहेका छन्। एन्फाको चुनाव नजिकिँदै गर्दा पनि उनले यसलाई निरन्तरता दिए।

यसपटक असार ६ गते एन्फा कार्यसमितिको निर्वाचन हुँदैछ। पुनः अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका शेर्पाले औपचारिक घोषणा भने गरिसकेका छैनन्। यसपटकको पत्रकार सम्मेलनमा एएफसीका पूर्वउपाध्यक्ष समेत रहेका थापाले निर्वाचनको माहौल प्रभावित गर्दै शेर्पाविरुद्ध खनिए।

भारोत्तोलनमा १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी सञ्जु चौधरी मृत फेलाको भोलिपल्ट ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले ७ वर्षदेखि नगरेको गल्तीको सजाय भोग्नुपरेको बताउँदै पीडा के हो त्यो ब्यहोर्नेलाई मात्र थाहा हुने तर्क गरे।

‘पीडा जसलाई पर्छ उसलाई मात्र थाहा हुन्छ। मैले ७ वर्षदेखि नगरेको गल्तीको सजाय भोग्नुपरेको छ। ममा पनि त्यस्ता सोच नआएका थिएनन्’, चौधरीलाई श्रद्धाञ्जली दिँदै थापाले भने, ‘मलाईं हेर्दा तपाईंहरुलाई हट्टाकट्टा लाग्ला। तर, म त्यस्तो अवस्थामा छैन। मेरो मुटुको सर्जरी गरिएको छ। म भोलि हुन पनि सक्छु नहुन पनि सक्छु।’  

गणेशको पुरानै ‘गनगन’
नेपाली फुटबल क्षेत्रमा अपरिचित नाम होइन गणेश थापा। राष्ट्रिय खेलाडी हुँदै २०५१ सालमा एन्फा नेतृत्वमा पुगेका थापाले आफ्नो कार्यकालमा अनेक विवाद र आर्थिक अनियमितता गरेको आरोप खेप्नुपर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, जब एन्फाको आर्थिक अनियमितता छानबिन हुनुपर्ने आवाज उठ्थ्यो तब थापा स्वदेशमा हुने छानबिनको कुनै तुक नहुने तर्क राख्थे। छानबिन भएको खण्डमा फिफाले सरकारको हस्तक्षेप मान्ने र नेपालमा फुटबल प्रतिबन्ध लगाउने भन्दै सबैलाई डर देखाउँथे। उनको यो धम्की बढ्दै थियो।

यता नेपालमा फुटबलको संस्थागत विकास गर्न आएको अन्तर्राष्ट्रिय अनुदानको रकम व्यक्तिगत खातामा लुकाउने, शंकास्पद खर्च गर्ने, फर्जी कम्पनी खडा गरेर भुक्तानी गर्नेलगायत उनीमाथि आरोपको चाङ पनि चुलियो।

उनी एसियाली फुटबल महासंघ (एएफसी)को नेतृत्व चयनमा घुस लेनदेनको विषय बाहिर आएपछि निलम्बनमा परे। तर, एएफसीको निलम्बनमा परे पनि घरेलु फुटबललाई आफ्नो पकडमा राख्न थापाले दाजु कमल थापाको बलियो साथ पाए।

उनी संविधान सभा सदस्य बने। तर, संसदीय समितिको कठघरामा उभिए। संविधान सभा सदस्य रहेका बखत अख्तियार र संसदीय समितिको छानबिनमा परे। तर, उनी चोखिए।

Xtrem

Xtrem

संसद्को सार्वजनिक लेखा समितिले थापाले एन्फामा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता गरेको निष्कर्ष निकाल्दै छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको थियो।

अख्तियारले अनुसन्धानबाट अनियमितताको आरोप पुष्टि हुन नसकेको निर्णय गर्दै थापालाई विधानको पालना गर्न सचेत गराउन राष्ट्रिय खेलकुद परिषद्लाई लेखी पठाउने निर्णय गर्दै उजुरी तामेलीमा पठायो।

तर, उनीमाथि राजनीतिक पहुँचै भरमा अख्तियारका पदाधिकारीहरूसँगको मिलेमतोमा सफाइ पाएको भने आरोप लागिरह्यो। जुन, आरोपले थापालाई अहिले पनि बिझाउँछ।

राजनीतिक आडमा एन्फाको नेतृत्वमा पुगेको आरोप लाग्दै आएका थापा पहिलादेखि नै विवादित थिए। सन् २००१ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निर्माणमा नक्कली ठेकेदार कम्पनी ‘माइला कन्स्ट्रक्सन’ खडा गरेर रकम हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो।

उनले एन्फा कम्प्लेक्स निर्माण गर्दा २ करोड ४ लाख खर्च बुझेको बताएका थिए। तर, फिफालाई पठाइएको रिपोर्टमा ३ करोड १७ लाख खर्च देखाए। हिसाब नमिलेपछि बाँकी रकम आफ्नो खल्तीमा हालेको आरोप उनीमाथि लाग्यो। यसबारे २०५९ सालमै अख्तियारमा उजुरी परेको थियो। तर, राजनीतिक पहुँचकै भरमा उक्त मुद्दामाथि कुनै सुनुवाइ भएन।

यसबाहेक फिफा र एएफसीबाट आउने रकम आफ्नो निजी बैंक खातामा राखेर दुरुपयोग गरेको आरोप पनि उनीमाथि नलगेको होइन। थापाले एएफसीबाट बुझेको एक लाख १५ हजार स्टर्लिङ पाउन्डबारे २०७३ तिर विदेशी समाचार माध्यम रोयटर्सले समेत प्रश्न उठाएको थियो। थापाका जेठा छोरा गौरवले एएफसीमा काम गर्दा सन् २००९ मा दुईपल्ट गरी बुझेको उक्त रकम बुझेका थिए।

त्यो काण्डपछि उनी एएफसीको जागिर छोडेर स्वदेश फर्किए। थापाले त्यतिबेला छोराको बचाउ गर्दै घरायसी कामका लागि एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामसँग सापटी लिएको बताएका थिए।

तर, एएफसी प्रेसिडेन्टको अध्यक्षमा उम्मेदवारी दिएका हमामले अलजजिरासँग उक्त कुरा अस्वीकार गरे। नेपालका पूर्वगोलकिपर रञ्जन बिष्टको स्वास्थ्य उपचार, फुटबल खेल्दाखेल्दै निधन भएका ग्याल्जेन लामाको परिवार र एक विद्यार्थीको छात्रवृत्तिका लागि पैसा दिएको उनले बताए। त्यसपछि भने कुरा बाझिएको थियो।

भोट किन्नका लागि सो रकम नेपाल आएको निष्कर्ष निकाल्दै फिफाले कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा १० वर्षका लागि थापालाई प्रतिबन्ध लगायो। 

यस्तै, २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। आफूलाई इथिक्स कमिटीले कारबाही गरेपछि बचाउका लागि थापाले फिफामा अपिल गरेका थिए। आफू निर्दोष भएको र एन्फामा फर्किन उनले उक्त अपिल गरेका थिए। तर, फिफाले इथिक्स कमिटीले गरेको निर्णयलाई लाहमोहर लगाउँदै अपिल खारेज गर्दियो। अपिल खारेज गरेसँगै थापाको फुटबलमा फर्किने झिनो आशा पनि चकनाचुर भयो। 

थापा अहिले पनि हमामबाट पैसा लिएकोबारे थकथकाउँछन्। उनी भन्छन्,‘हमामले सबैलाई सहयोग गर्दै आएका थिए। साथीका नाताले मलाई पनि सहयोग गरेका हुन्। त्यो पैसा मैले भोटको लागि लिएको थिइनँ। तर, फिफाले त्यसलाई लिएर कारबाही गर्‍यो। आज लाग्छ त्यो पैसा नलिएको भने हुनेरहेछ।’

अबको बाटो
फिफाले फुटबलको क्रियाकलापमा संलग्न हुन थापालाई प्रतिबन्ध लगाएको छ। तर, थापाको एन्फा मोह अझै सकिएको छैन। उनी नेपाली फुटबलको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन्।

अहिले पनि उनी आफूविरुद्ध ‘चेन्ज एन्फा’ नारासहित विद्रोह गरेर निवर्तमान अध्यक्ष शेर्पासँग हात मिलाएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग नजिक रहेका छन्। नेम्वाङ उनै हुन् जो आउँदो निर्वाचनमा एन्फा अध्यक्षको बलियो दाबेदार हुन्। 

निर्वाचनको मिति घोषणा हुनै लाग्दा करिब ४ महिना अगाडि उनी नेम्वाङसँगै विभिन्न जिल्लाको भ्रमण गएका थिए। त्यसक्रममा उनले केही पदाधिकारीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए।

जिल्लाका पदाधिकारीमध्ये कसैलाई प्रत्यक्ष र कसैलाई अप्रत्यक्ष भेटेका थापाले अहिले पनि एन्फा आफ्नो मुठ्ठीमा रहेको आवरणमा देखाउन छाडेका छैनन्।

उनी अहिले पनि निवर्तमान अध्यक्ष शेर्पालाई घुँडा टेकाउने योजनामा छन्। थापाले आफ्नो २२ वर्षे भन्दा लामो कार्यकाल र शेर्पाको ४ वर्षे कार्यकालको छानबिन गर्न पनि अपिल गरेका छन्। 

शेर्पाको कार्यकाल सकिने क्रममा रहँदा पनि उनले माफी नमागे नयाँ प्रक्रियामा अघि बढ्ने चेतावनी दिएका छन्। उनले भने, ‘अब माफी होइन कारबाही हुनुपर्दछ। म दोषी भए मलाई कारबाही होस्। ममाथि लागेको भ्रम चिर्न राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्छु।’

यसबारे कुनै प्रमाण पेस गर्न सकेनन्। तर, करिब ५० मिनेट चलेको पत्रकार सम्मेलनमा थापाले बारम्बार यी आरोपहरु पुष्टी गरे कारबाही भोग्न तयार रहेको दोहर्‍याइरहे। 

‘उहाँका यस्ता निराधार आरोपहरुका कारण विगत ७ वर्षदेखि म र मेरो परिवारमा अत्यन्तै गहिरो मानसिक आघात पुगेको छ। कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारबाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँहि सफाइ दिएको भन्ने भ्रम पर्न गएको छ,’ उनले भने।

आफूमाथि लगाएका आरोपहरु प्रमाणित गर्न नसके शेर्पाले एन्फा विधान र फिफाको कोड अफ इथिक्सअनुसार कारबाही भोग्नुपर्ने समेत थापाको चेतावनी छ।

‘म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं। यसअर्थ अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन्। उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ। त्यसो भए म कारबाही भोग्न तयार छु,’ थापाले भने, ‘अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ। एन्फा र फिफाको विधानअनुसार पनि निर्दोष व्यक्तिउपर निराधार आरोप लगाउन पाइन्न।’

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्