काठमाडौं– साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ। वैशाख २५ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको छ। चाँदी पनि आज तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार साताको पहिलो दिन, ९८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ।
शुक्रबार भने सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आइतबार तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ।
अघिल्लो साताको अन्तिम कारोबार दिन भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा झरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।