• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

आरजु तर्सिएको 'करुवा' को अवस्था के छ डडेलधुरामा?

64x64
ललित बोहरा शनिबार, वैशाख २४, २०७९  २१:२९
1140x725
नेपाली कांग्रेस (बीपी) का उम्मेदवारहरु (बायाँ) र नेपाली कांग्रेसकी नेतृ आरजु देउवा। तस्बिर : नेपाल लाइभ

डडेलधुरा– ‘करुवाको मान्छेको नेता को हो? कोही पनि छैन। करुवावालाको कहाँ छन् सांसद, वडाध्यक्ष कोही छ? किन भोट हाल्ने यो करुवा, सरुवाजस्ता हरुवाहरुको पार्टीमा? भोट कसैले नहाल्नु होला।’

बिहीबार नेपाली काग्रेस डडेलधुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले गरेको सम्बोधनको अंश हो यो। 

जिल्ला सदमुकाम अमरगढी नगरपालिकाको सभालाई सम्बोधन गर्दा उनले ३० मिनेट भाषणमा ८ चोटि 'करुवा पार्टी' भनिन्। खास उनले भनेको करुवा पार्टी नेपाली काँग्रेस (बीपी) हो। कांग्रेसले कारबाही गरेका नेता कर्ण मल्ल पक्षले डडेल्धुरामा एमालेसँग तालमेल गरेर चुनावमा आफ्ना उम्मेदवार उठाएको छ। 

दुई कार्यकाल जिल्ला सभापति र केही वर्ष देउवाको स्वकीय सचिव बनेका मल्ल अहिले नयाँ पार्टीको संगठन विस्तारमा छन्। १३औं जिल्ला अधिवेशनमा भएको सदस्यता विवादपछि उनी कांग्रेस छोड्नुपर्ने अवस्थामा पुगे पनि उपसभापतिलगायतका नेताहरु उनीसँगै छन्। 

सात स्थानीय तह रहेको डडेलधुरामा नेकपा एमालेसँग नेपाली कांग्रेस (बीपी)ले तालमेल गरेको छ। तालमेलअनुसार नै उम्मेदवारी दर्ता पनि गरेको छ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामा एमालेले तलामेल गर्दै नेपाली काँग्रेस (बीपी)लाई नगरप्रमुख दिएको छ भने उपप्रमुखमा आफ्नो उम्मेदवार उठाएको छ।

अमरगढी नगरपालिकामा नेपाली कांग्रेस (बीपी)बाट अधिबक्ता हरिप्रसाद भट्ट, उपप्रमुखमा एमालेबाट यज्ञराज अवस्थी चुनावी मैदानमा छन्। 

नेपाली काँग्रेस (बीपी)ले अर्को अध्यक्ष पदमा उम्मेदवार बनाएको पालिका नवदुर्गा हो। त्यहाँ युवा नेता गोकुल शाहीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। एमालेलाई उपाध्यक्ष दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली काँग्रेस (बीपी)ले प्रधानमन्त्री देउवाको गाउँपालिका गन्यापधुरामा पनि सुरेन्द्र मालीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। त्यहाँ उपाध्यक्ष उम्मेदवार एमालेका इन्द्र महरा छन्। 

यता अजयमेरुमा अध्यक्षमा एमालेबाट पदम पाल तथा उपाध्यक्ष कांग्रेस (बीपी)बाट रामचन्द्र ऐर उम्मेदवार छन्।

परशुराम नगरपालिका एमालेबाट केशब बोहरा मेयर र एमालेकै गोमती पन्त उपमेयर उम्मेदवार छन्। त्यहाँ नेपाली काँग्रेस (बीपी)बाट उपमेयरको उम्मेदवार तोकिएकी गोमा थापाको नाम काँग्रेसको समानुपातिक बन्दसूचीमा  परेकाले उम्मेदवारी खारेज भएको थियो।

यता भागेश्वर गाउँपालिकामा एमालेबाट राम शाही अध्यक्ष र बीपी काँग्रेसबाट उपाध्यक्षमा नरेन्द्र ठकुराठीले उम्मेवारी दिएका छन्। आलितालमा एमाले उम्मेदवारलाई समर्थन गरे पनि बीपी कांग्रेसले उम्मेदवारी दिएको छैन। मल्ल पक्षले तीन स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित ५२ मध्ये २० वडामा आफ्ना उम्मेदवार उठाएको छ । बाँकी ठाउँमा भने एमालेलाई सघाएको मल्ल पक्षका नेता हरि भट्टले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बीपी काँग्रेस डडेल्धुरा काँग्रेसलाई चुनौती 
देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका काँग्रेस सभापति देउवालाई आफ्नै गृह जिल्लामा चुनाव जित्न बीपी कांग्रेस चुनौती बनेको छ। सत्तारूढ दलभित्रै गठबन्धन नहुनु, आफ्नै पार्टीका पूर्वसंगठकहरूले असन्तुष्ट भएर एमालेसँगको तालमेलमा उम्मेदवारी दिनु र आफ्नै गुटभित्र समेत टिकट वितरणमा असन्तुष्टि हुनुले देउवालाई डडेलधुरामा कांग्रेसको विरासत जोगाउन हम्मे पर्ने देखिएको छ।

दुई नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपासमेतले एकल उम्मेदवारी दिएका छन्। 

एमालेले जिल्लैभरि कांग्रेसको असन्तुष्ट मल्ल पक्षसँग तालमेल गरेको छ। जिल्लामा गुट चलाउनसमेत नदिने देउवाविरुद्ध पहिलोपटक खडा भएका मल्लले कांग्रेसकै नेता तिलक हमालको संयोजकत्वमा बीपी कांग्रेसको जिल्ला कार्यसमिति गठन गरेर उम्मेदवारी दिन लगाएका छन्। मल्लले भने आफूले कांग्रेस नछाडेको, बरु देउवाले नै पार्टीको साधारण सदस्यबाट समेत निकालेर आफूमाथि एकपछि अर्को अन्याय गरेको आरोप लगाएका छन्।  

सबैको ध्यान सदरमुकामको अमरगढी नगरपालिकामा 
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका नेपाली काँग्रेसकै बाहुल्यता भएको क्षेत्रको रुपमा चिनिन्छ। तर गत स्थानीय तहको निवार्चनमा मेयर तथा उपमेयर एमालेले जित्यो । तर कार्यपालिकामा बहुमत भने काँग्रेसकै थियो। त्यस समयमा पनि काँग्रेसका आधिकारिक उम्मेदवार एवं अहिलेका समेत उम्मेदवार दिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाललाई मल्ल पक्षले सहयोग नगरेको देउवा समूहको आरोप थियो। २०७४ को चुनावमा मल्ल जिल्ला सभापति थिए। आसन्न निर्वाचनमा एमाले र बीपी काँग्रेसका नगरप्रमुखका उम्मेदवार हरिप्रसाद भट्ट र काँग्रेसका नगरप्रमुखका उम्मेदवार दिल्लीराज जोशीबीच प्रतिस्पर्धा हुने निश्चित छ। 

बीपी कांग्रेसका उम्मेदवार पराजित गर्ने ‘मिसन’ साथ अहिले देउवापत्नी आरजु देउवा तथा काँग्रेस केन्द्रीय स्तरका नेतासमेत यहाँ आइरहेका छन्। जिल्लाको मुख्य केन्द्र अमरगढी जित्नै पर्ने दबाबमा नेपाली कांग्रेस तथा नेपाली कांग्रेस (बीपी) छन्। कर्ण मल्लको राजनीतिक भविष्यसँग जोडिएको विषयसमेत भएकाले उनको जोडबल अहिले देउवाको गृह वडा तथा गाउँपालिकामा बढी देखिन्छ। 

काँग्रेसलाई अमरगढी जित्न समस्या देखिएकाले देउवा २७ गते अमरगढीमा आउन लागेको समेत यहाँका जानकारको आँकलन छ। कांग्रेस डडेलधुराका सातवटै  पालिकामा एक्लै भिड्दैछ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्