काठमाडौं- अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा पनि वर्षा भइरहेको छ।
हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।