• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कस्तो बन्नुपर्छ आगामी आर्थिक वर्षको बजेट? यस्तो छ सर्वसाधारणको सुझाव 

64x64
सुमित्रा कार्की बिहीबार, वैशाख २२, २०७९  १७:११
1140x725

काठमाडौं– अर्थमन्त्रालय अहिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको तयारीमा जुटेको छ। अर्थमन्त्री जनार्दन शर्मा आगामी आवको बजेट निर्माणमा लागिपरेका छन्। 

आगामी आर्थिक वर्षका लागि कस्तो बजेटको आवश्यक छ? कुन क्षेत्रलाई प्राथमितमा राखेर बजेट बनाउने भनेर शर्माले विभिन्न निकायसँग छलफल गरिरहेका छन्। यसैगरी, मन्त्रालयले गाउँ–गाउँबाट बजेटमा सुझाव तथा धारणा राख्न सकिने व्यवस्थासमेत गरेको छ। मन्त्रालयले टोल फ्री नम्बर र देशभरका १६ वटा रेडियोबाट बजेटका लागि सुझाव राख्न पाउने व्यवस्था गरेको थियो। 

टोल फ्री नम्बर र रेडियोमार्फत आएको सुझावमा अधिकांशले बजेट छोटो, छरितो र प्रभावकारी हुनुपर्ने बताएका छन्। प्राप्त सुझावमा सबैभन्दा धेरै कृषिक्षेत्रलाई समेट्नुपर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्न सहज वातावरण बनाउनुपर्ने, जडिबुटी खेती र उत्पादन, संकलन, बिक्रीवितरण गर्ने अधिकार सामुदायिक वनलाई दिनुपर्ने माग गरिएको छ।

यसैगरी, नेपालमा उत्पादिक उत्पादनलाई प्रशोधन, बिक्रीवितरण गर्न टोलटोलमा बजारको र प्रशोधन केन्द्रको व्यवस्था गर्नुपर्ने, हालको कृषि अनुदान प्रणाली झन्झटिलो भएकाले सुधार गर्नुपर्ने, कम लागतमा सम्बन्धित वडा र टोलमा पुगेर स्थानीय प्रतिनिधिको रोहबरमा अनुदान दिने व्यवस्था दिने व्यवस्था बजेटमा गर्नुपर्ने सुझाव आएको छ। नेपाली जनतका लागि स्वस्थ खानेपानी, सरकारी विद्यायलयमा प्रभावकारी शिक्षा, स्वास्थ्य सेवाको राम्रो व्यवस्था, देशमा रोजगारीको सुनिश्तिता हुने खालका उद्योगको सञ्चालन हुनुपर्नेलगायत सुझाव पनि आएको छ। 

बजेटका लागि लिइएको सुझावमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशमा रहेका नेपालीलाई सेयरमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने, सेयर बजारमा एनआरएनको लगानी भित्र्याउनका लागि उनीहरुलाई आकर्षित गराउनेजस्ता सुझाव दिएका छन्। 

चितवतबाट एक व्यक्तिले इन्धन आयात कम गर्न १० लाखभन्दा कम मूल्यका विद्युतीय गाडी, विद्युतीय चुलोमा भन्सार छुट गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी, खाडी मुलुक जाने कामदारको हित हुने गरी १ डलरमा बैंक खाता खोल्ने व्यवस्था हुनुपर्ने उनको माग छ। 

उनले स्टक मार्केटमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर सुधार गर्नुपर्ने माग पनि राखेका छन्। उनले बजेटमा दिएको सुझावमा अहिले सर्वसाधारणले आईपीओमा आवेदन दिँदा सिआस्बामा लाग्दै  आएको शुल्क पनि हटाइनुपर्ने माग राखेका छन्। 

सुर्खेतबाट एक व्यक्तिले आगामी आर्थिक वर्षको बजेट जनमुखी ल्याउनुपर्ने सुझाव दिएका छन्। यसैगरी, उनले व्यक्तिगत आयकर छूटको दायरा ६ लाख र ८ लाख बनाउनु पर्ने, बैंकको ऋणसहज बनाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन्।

Ncell 2
Ncell 2

धादिङका एक व्यक्तिले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन्। उदयपुरबाट पनि आयकरको सीमा क्रमशः ६ र ८ लाख पुर्याउनु पर्ने, करको दायरा बढाउनुपर्ने सुझाव दिएका छन्। 
धादिङबाटै अर्का एक व्यक्तिले बजेटमार्फत निःशुल्क स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्ने र स्वास्थ्य बीमालाई सरल र प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्। विभिन्न ठाउँका व्यक्ति तथा संस्थाले अहिलेको सरकारको बजेट खर्च गर्ने तरिका सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अहिलेको बजेट निकासा प्रक्रिया एकदमै झन्झटिलो भएकाले सहज रुपमा बजेट निकासा गर्न सकिने व्यवस्था मिलाउनुपर्ने सुझाव उनीहरुले दिएका छन्। 

अधिकांश व्यक्तिले सुझाव दिने क्रममा विदेशबाट खाद्यान्न खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, स्थानीय उत्पादन बढाउने किसिमले बजेट आउनुपर्ने र विदेशबाट ल्याइने फेन्सी र रेडिमेटको भन्सार दर बढाई स्वदेशी उत्पादन बढाउनुपर्ने, विदेशबाट ल्याइने कच्चा पदार्थको भन्सार दर घटाउनुपर्ने, एलसी कम गर्नुपर्ने तथा सस्तो ब्याजमा कर्जाको ब्यवस्था गर्नुपर्ने सुझाव राखेका छन्।

सरकारले हरेक वर्ष बजेटको ढाँचा परिवर्तन गरे पनि बजेट प्रभावकारी नभएको जनाताको बुझाइ छ। यसकारण सरकारले मागेको सुझावमा अधिकांश व्यक्तिले दुरदराजका स्थानीयलाई समेट्ने खालको बजेट निर्माण गर्नुपर्ने र कार्यन्वयन फितलो भएको कारण प्रभावकारी बनाउनुपर्ने माग राखेका छन्। 

काठमाडौंबाट एक व्यक्तिले सुझाव दिँदै व्यापारी र बैंकर एउटै व्यक्ति वा परिवार हुनु नहुने र आर्थिक संकट रोक्न बैंकर र व्यापारी अलग हुनुपर्ने माग राखेका छन्। उनले अहिले बैंकहरुले अनुत्पादक क्षेत्रमा जाने पुँजी रोक्न एवं भ्रष्टाचार रोक्न एक पटक घर जग्गा खरिद गरिसके पछि अर्को किन्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। सहरी क्षेत्रका सहकारीले गर्ने वित्तीय कारोबार रोक्नुपर्ने र सहकारीले घर जग्गामा लगानी गर्ने कार्य रोक्नुपर्ने सुझाव उनले दिएका छन्। 

खेतीयोग्य जग्गा प्लटिङ गर्ने कार्यलाई सधैंका लागि रोकेर संलग्नलाई कारबाही गर्नुपर्ने, एक परिवारको एक घर मात्र हुने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएका छन्। उच्च शिक्षाको लागि सरकारले विभिन्न अनुदान उपलब्ध गराउनुपर्ने अधिकांश व्यक्तिले अर्थमन्त्रालयलाई सुझाव दिएका छन्। 

रुपन्देहीका एक व्यक्तिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट कटौती गरी बुटवल धागो कारखाना, सुनवल चिनी मिल र भृकुटी कागज कारखाना सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्