• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कस्तो बन्नुपर्छ आगामी आर्थिक वर्षको बजेट? यस्तो छ सर्वसाधारणको सुझाव 

64x64
सुमित्रा कार्की बिहीबार, वैशाख २२, २०७९  १७:११
1140x725

काठमाडौं– अर्थमन्त्रालय अहिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको तयारीमा जुटेको छ। अर्थमन्त्री जनार्दन शर्मा आगामी आवको बजेट निर्माणमा लागिपरेका छन्। 

आगामी आर्थिक वर्षका लागि कस्तो बजेटको आवश्यक छ? कुन क्षेत्रलाई प्राथमितमा राखेर बजेट बनाउने भनेर शर्माले विभिन्न निकायसँग छलफल गरिरहेका छन्। यसैगरी, मन्त्रालयले गाउँ–गाउँबाट बजेटमा सुझाव तथा धारणा राख्न सकिने व्यवस्थासमेत गरेको छ। मन्त्रालयले टोल फ्री नम्बर र देशभरका १६ वटा रेडियोबाट बजेटका लागि सुझाव राख्न पाउने व्यवस्था गरेको थियो। 

टोल फ्री नम्बर र रेडियोमार्फत आएको सुझावमा अधिकांशले बजेट छोटो, छरितो र प्रभावकारी हुनुपर्ने बताएका छन्। प्राप्त सुझावमा सबैभन्दा धेरै कृषिक्षेत्रलाई समेट्नुपर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्न सहज वातावरण बनाउनुपर्ने, जडिबुटी खेती र उत्पादन, संकलन, बिक्रीवितरण गर्ने अधिकार सामुदायिक वनलाई दिनुपर्ने माग गरिएको छ।

यसैगरी, नेपालमा उत्पादिक उत्पादनलाई प्रशोधन, बिक्रीवितरण गर्न टोलटोलमा बजारको र प्रशोधन केन्द्रको व्यवस्था गर्नुपर्ने, हालको कृषि अनुदान प्रणाली झन्झटिलो भएकाले सुधार गर्नुपर्ने, कम लागतमा सम्बन्धित वडा र टोलमा पुगेर स्थानीय प्रतिनिधिको रोहबरमा अनुदान दिने व्यवस्था दिने व्यवस्था बजेटमा गर्नुपर्ने सुझाव आएको छ। नेपाली जनतका लागि स्वस्थ खानेपानी, सरकारी विद्यायलयमा प्रभावकारी शिक्षा, स्वास्थ्य सेवाको राम्रो व्यवस्था, देशमा रोजगारीको सुनिश्तिता हुने खालका उद्योगको सञ्चालन हुनुपर्नेलगायत सुझाव पनि आएको छ। 

बजेटका लागि लिइएको सुझावमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशमा रहेका नेपालीलाई सेयरमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने, सेयर बजारमा एनआरएनको लगानी भित्र्याउनका लागि उनीहरुलाई आकर्षित गराउनेजस्ता सुझाव दिएका छन्। 

चितवतबाट एक व्यक्तिले इन्धन आयात कम गर्न १० लाखभन्दा कम मूल्यका विद्युतीय गाडी, विद्युतीय चुलोमा भन्सार छुट गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी, खाडी मुलुक जाने कामदारको हित हुने गरी १ डलरमा बैंक खाता खोल्ने व्यवस्था हुनुपर्ने उनको माग छ। 

उनले स्टक मार्केटमा बैंकलाई ब्रोकर लाइसेन्स दिएर सुधार गर्नुपर्ने माग पनि राखेका छन्। उनले बजेटमा दिएको सुझावमा अहिले सर्वसाधारणले आईपीओमा आवेदन दिँदा सिआस्बामा लाग्दै  आएको शुल्क पनि हटाइनुपर्ने माग राखेका छन्। 

सुर्खेतबाट एक व्यक्तिले आगामी आर्थिक वर्षको बजेट जनमुखी ल्याउनुपर्ने सुझाव दिएका छन्। यसैगरी, उनले व्यक्तिगत आयकर छूटको दायरा ६ लाख र ८ लाख बनाउनु पर्ने, बैंकको ऋणसहज बनाउनुपर्नेलगायत विषयमा सुझाव दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धादिङका एक व्यक्तिले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन्। उदयपुरबाट पनि आयकरको सीमा क्रमशः ६ र ८ लाख पुर्याउनु पर्ने, करको दायरा बढाउनुपर्ने सुझाव दिएका छन्। 
धादिङबाटै अर्का एक व्यक्तिले बजेटमार्फत निःशुल्क स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्ने र स्वास्थ्य बीमालाई सरल र प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्। विभिन्न ठाउँका व्यक्ति तथा संस्थाले अहिलेको सरकारको बजेट खर्च गर्ने तरिका सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अहिलेको बजेट निकासा प्रक्रिया एकदमै झन्झटिलो भएकाले सहज रुपमा बजेट निकासा गर्न सकिने व्यवस्था मिलाउनुपर्ने सुझाव उनीहरुले दिएका छन्। 

अधिकांश व्यक्तिले सुझाव दिने क्रममा विदेशबाट खाद्यान्न खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, स्थानीय उत्पादन बढाउने किसिमले बजेट आउनुपर्ने र विदेशबाट ल्याइने फेन्सी र रेडिमेटको भन्सार दर बढाई स्वदेशी उत्पादन बढाउनुपर्ने, विदेशबाट ल्याइने कच्चा पदार्थको भन्सार दर घटाउनुपर्ने, एलसी कम गर्नुपर्ने तथा सस्तो ब्याजमा कर्जाको ब्यवस्था गर्नुपर्ने सुझाव राखेका छन्।

सरकारले हरेक वर्ष बजेटको ढाँचा परिवर्तन गरे पनि बजेट प्रभावकारी नभएको जनाताको बुझाइ छ। यसकारण सरकारले मागेको सुझावमा अधिकांश व्यक्तिले दुरदराजका स्थानीयलाई समेट्ने खालको बजेट निर्माण गर्नुपर्ने र कार्यन्वयन फितलो भएको कारण प्रभावकारी बनाउनुपर्ने माग राखेका छन्। 

काठमाडौंबाट एक व्यक्तिले सुझाव दिँदै व्यापारी र बैंकर एउटै व्यक्ति वा परिवार हुनु नहुने र आर्थिक संकट रोक्न बैंकर र व्यापारी अलग हुनुपर्ने माग राखेका छन्। उनले अहिले बैंकहरुले अनुत्पादक क्षेत्रमा जाने पुँजी रोक्न एवं भ्रष्टाचार रोक्न एक पटक घर जग्गा खरिद गरिसके पछि अर्को किन्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। सहरी क्षेत्रका सहकारीले गर्ने वित्तीय कारोबार रोक्नुपर्ने र सहकारीले घर जग्गामा लगानी गर्ने कार्य रोक्नुपर्ने सुझाव उनले दिएका छन्। 

Xtrem

Xtrem

खेतीयोग्य जग्गा प्लटिङ गर्ने कार्यलाई सधैंका लागि रोकेर संलग्नलाई कारबाही गर्नुपर्ने, एक परिवारको एक घर मात्र हुने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएका छन्। उच्च शिक्षाको लागि सरकारले विभिन्न अनुदान उपलब्ध गराउनुपर्ने अधिकांश व्यक्तिले अर्थमन्त्रालयलाई सुझाव दिएका छन्। 

रुपन्देहीका एक व्यक्तिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट कटौती गरी बुटवल धागो कारखाना, सुनवल चिनी मिल र भृकुटी कागज कारखाना सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्