काठमाडौं–सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको वैशाख २१ को निर्णयअनुसार डिआइजी पौडेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस भएका हुन्।
गृह मन्त्रालयले बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी महानिरीक्षकहरुले ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिनसक्ने पनि जनाएको छ।
्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।