काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–११ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थयात्रु सवार मिनिबस र टाटा सुमो जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको काभ्रेका प्रहरी प्रवक्ता, डीएसपी हरी खतिवडाले जानकारी दिए।
मृत्यु हुनेमा टाटा सुमोमा सवार रहेका ६ वर्षीय बालक र उनकी आमासहित ५ जना रहेका छन्। मृतक सबैको सनाखत भएको छैन।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। भारतीय बस जनकपुरतर्फ छुटेको थियो भने टाटा सुमो सिन्धुलीबाट आइरहेको थियो।
दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।