काठमाडौं– नेपाल कानुन व्यवसायी परिषद्ले एक अधिवक्ताको कानुन व्यवसाय प्रमाणपत्र खारेज गरेको छ।
कानुन व्यवसायी परिषद्ले वैशाख १३ गते उच्च अदालत बार एशोसिएसन पाटनको सदस्य रहेका अधिवक्ता प्रकाश खतिवडाको प्रमाणपत्र रद्द गरेको हो।
कानुन व्यवसायी परिषद्को निर्णयपछि सर्वोच्च अदालतले एक सूचना जारी गर्दै मातहतका अदालतहरूमा समेत जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।