काठमाडौं– नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ लम्बिएको छ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा जारी सुनुवाइमा अहिलेसम्म तीन जनाले बहस गरेका छन्। अहिले इजलासमा खाजा ब्रेक भएको छ।
सर्वोच्च अदालतका अनुसार अहिलेसम्म रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट मेघराज पोखरेल, सतिस खरेल र हरिहर दाहालले बहस गरेका छन्।
खाजा ब्रेकपछि महादेव यादव, रमेश बडाल, माधव बस्नेत, ललित बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल र पूर्णमान शाक्यले बहस गर्नेछन्।
धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।