लण्डन–बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यूक्रेनको संसदलाई भर्चुअल सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो। बेलायतले सुरुमै रुसी आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो।
बेलायतले अहिले सैन्य सहयोग घाेषणा गरेकाे बताइएको छ। यो सहयोगले रुससँग यूक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने यूक्रेनका अधिकारीहरूले बताएका छन्। जोन्सनले युक्रेनी संसदलाई झण्डै एक घण्टा सम्बोधन गरेका थिए।
नयाँ सैन्य सहयोगअन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।