काठमाडौं–एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार मिलनकुमार बिष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध बैंकिङ तथा किर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको हो।
भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो। पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको दाबी गर्दै उजुरी परेको छ। उनले ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरको होमबहादुर बिष्टको नाममा र काठमाडौंबाट समेत २०५१ असार २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिएको दाबी गर्दै उजुरी परेको हो।
सम्बन्धित समाचार
लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।