काठमाडौं–ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारविरुद्ध दोहोरो नागरिकता लिएको दाबी गर्दै उजुरी परेको छ। एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका होमबहादुर विष्टविरुद्ध ओलखढुंगा र काठमाडौंबाट छुट्टाछुट्टै नाममा दोहोराे नागरिकता लिएको दाबी गर्दै उजुरी परेको हो।
दुई जिल्ला प्रशासन कार्यालयबाट फरक-फरक नाममा जारी भएका नागरिकताको फोटोकपीसहित जिल्ला प्रहरी कार्यालयमा ओखलढुंगामा उजुरी परेको छ। उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले उनको नागरिकताको छानबिन प्रक्रिया अघि बढाएको छ।
ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरमा होमबहादुर बिष्टको नाममा र काठमाडौंबाट समेत २०५१ असार २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिएको दाबी गर्दै उजुरी परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।