काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमको शब्द रहेको नेकपा एकीकृत समाजवादीको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ।
कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीत भिडियोसहित मंगलबार सार्वजनिक भएको हो।
गीतमा संगीत कृष्ण केसीले दिएका छन्। गीत नेकपा एकीकृत समाजवादीको जनसंगठन मुस्लिम इत्तेहाद संगठन नेपालको प्रस्तुतिको रुपमा रहेको छ।
गीतमा चुनावमा समाजवादीलाई किन भोट हाल्नुपर्छ भन्ने विषयलाई समेटिएको छ।
तत्कालीन एमाले नेता गौतम एमाले विभाजनपछि भने कतै लागेका छैनन्। उनी कम्युनिस्ट एकता राष्ट्रिय अभियान चलाइरहेका छन्।
हेर्नुहोस भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।