• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भैरहवामा पाँच वर्षमा पनि अटो भिलेज सञ्चालनमा आएन, ऋणको बोझमा व्यवसायी

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  ०६:००
1140x725

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा सञ्चालनमा ल्याउन लागेको सिद्धार्थ नमूना अटो भिलेज अलपत्र परेको छ। 

नगरपालिकाले सिद्धार्थनगरलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न सकेको छैन। नगरक्षेत्रमा यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई सञ्चालन गर्न नगरपालिकाले अटो भिलेज स्थापनाका लागि ग्यारेज श्रमिक तथा व्यवसायीहरुसँग सम्झौता गरेको थियो। 

अटो भिलेजका लागि श्रमिकहरुले जग्गा खरिद गरेमा सडक, खानेपानी, विद्युत् लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौतामा उल्लेख थियो। करिब ३ सय श्रमिकमध्ये अधिकांशले एकै स्थानमा ग्यारेज सञ्चालनका लागि बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा १० बिघा जग्गा खरिद गरेका थिए।

तर, ५ वर्ष बितिसक्दा पनि अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरुले गुनासो गरेका छन्। 

‘नगरपालिकासँगको सम्झौता अनुसार बैंकबाट ऋण लिएर भए पनि सबैले जग्गा खरिद गरी भवन समेत बनायौं, तर अहिले नगरपालिकाले अटो भिलेज सञ्चालनमा आनाकानी गर्दा समस्यामा परेका छौं’, नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले गुनासो गरे। 

अटो भिलेजका लागि आवश्यक विद्युत् आपूर्ति नगरिएकाले सञ्चालनमा आउन नसकेको हो। विद्युत् आपूर्ति भए भोलिपल्टदेखि नै भिलेज सञ्चालनमा आउने भए पनि यसतर्फ नगरपालिकाले चासो नदिँदा विद्युत् जडान हुन नसकेको अध्यक्ष सारुमगरको गुनासो छ। 

‘हामी विद्युत् कार्यालय गए नगरपालिका पठाउँछ, नगरपालिका जाँदा सुनुवाइ नै हुँदैन’, उनले भने, ‘हामी ऋणमा डुब्न लाग्यौं, हाम्रो व्यथा कसले बुझ्ने?’

Ncell 2
Ncell 2
nimb
nimb

अटो भिलेज सञ्चालनमा आउन नसक्दा भिलेजमा व्यवसाय सञ्चालन गरेका व्यवसायीले पनि पुनः बजार क्षेत्रमा फर्किएर काम गर्न थालेका छन्।

‘नगरपालिकाको विश्वासमा परेर श्रमिकहरुले भिलेजका लागि लाखौं रुपैयाँ लगानी गरिसकेका छन्। विद्युत् नआएसम्म कसैले पनि थप लगानी लगाउन चाहेका छैनन्’, सारुमगरले भने।

अटो भिलेजमा ग्यारेज खोलेर बसेका व्यवसायी राजेश धवल बैंकबाट ऋण लिएर जग्गा खरिद गरी व्यवसाय सञ्चालन गर्दा आफू धरासायी हुने अवस्थामा पुगेको बताए। राजमार्गमा राम्ररी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा अटो भिलेजमा आउन प्रोत्साहन गरेको नगरपालिकाले अहिले बेवास्ता गरेको गुनासो पोखे। 

‘बैंकबाट ऋण लिएर यहाँ एक्लै बिजुलीबिना व्यवसाय सञ्चालन गरेको छु। तर कुनै दिन त बोहनी समेत हुँदैन’, उनले भने, ‘५ वर्षदेखि ऋणको ब्याज तिर्दै आएका छौँ। यस्तै अवस्था रहने हो भने साँवा कसरी तिर्ने हो भन्ने चिन्ताले सताएको छ।’ 

अटो भिलेजमा लगानी गरेका श्रमिक तथा व्यवसायीहरुले विद्युत् आपूर्तिका साथै सडकलाई ग्राभेल गर्न माग गर्दै आएका छन्। भिलेजमा बिजुलीको पोल तानिए पनि ट्रान्सफर्मर जडान गरिएको छैन। 

२०७० सालमा भएको सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्स सम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटो भिलेज बाहेक अन्यत्र व्यवसाय गर्न नपाउने उल्ले छ। तर, सिद्धार्थ अटो भिलेज अलपत्र अवस्थामा रहिरहँदा नगरपालिकाले भने आफ्नै सम्झौता विपरीत ठूला व्यवसायीहरुका लागि लुम्बिनी रोडमा ‘मिनी अटो भिलेज’ सञ्चालन गर्न छुट दिएको पाइएको छ।

यसरी व्यवसायीलाई अन्यत्र मिनी अटो भिलेज सञ्चालन गर्न दिनुमा सिद्धार्थनगर नगरपालिकाका मेयरको नातावाद कारक रहेको आरोप कतिपय व्यवसायी लगाउँछन्। नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषका अनुसार, मेयर हरिप्रसाद अधिकारीका दाइ भीम अधिकारीले लुम्बिनी रोडमा मिनी अटो भिलेज सञ्चालन गरेकाले सिद्धार्थ अटो भिलेज सञ्चालनमा नगरपालिकाले बेवास्ता गरेको हो। 

‘नगरपालिकाको नीति विपरीत मेयरका दाइले मिनी अटो भिलेज सञ्चालन गरेर मासिक लाखौं रुपैयाँ भाडा असुल्दै आएका छन्’, श्रीषले भने, ‘त्यसैले मेयर अधिकारीले हामी श्रमिकहरुको अटो भिलेज सञ्चालनमा ल्याउन चाहेका छैनन्।’

उनले नगरपालिका र युनियनबीच पाँच वर्षअघि भएको सम्झौता कार्यान्वयन नभए आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी दिए। 

यता, मेयर अधिकारीले अटो भिलेजका लागि खरिद गरिएको जग्गा व्यक्तिगत भएको र भविष्यमा समस्या आउन सक्ने भएकाले सञ्चालनमा ल्याउन हतार नगरिएको बताए। 

‘श्रमिकहरुले खरिद गरेको जग्गा व्यक्तिगत हो, यसमा नगरपालिकाले लगानी लगाउँदा भविष्यमा समस्या आउन सक्ने भएकाले हामीले हतारमा लगानी गर्न चाहेका छैनौं।’ 

तर, नगरपालिकाको नीति अनुसार नै श्रमिकहरुले व्यक्तिगत रुपमा जग्गा खरिद गरेपछि मात्र भिलेज सञ्चालनका लागि सहयोग गर्ने भन्दै नगरपालिकाले तत्कालीन समयमा सम्झौता गरेको थियो। 

केही महिनाअघि भिलेजमा टान्सफर्मर जडानका लागि नगरपालिकाका कर्मचारी विद्युत् कार्यालय गए पनि व्यवसायीहरुले ट्रान्सफर्मरको क्षमताबारे जानकारी नगराएकाले जडान नगरिएको मेयर अधिकारी बताउँछन्। 

व्यवसायीहरुले भने भिलेज सञ्चालनका लागि ५ सय केभीए क्षमताको टान्सफर्मर आवश्यक रहेको बताउँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्