काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) देखि युरोप भ्रमणमा गएक छन्। प्रधानमन्त्री मोदी सोमबार बिहान युरोप प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री मोदी डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लागेको हुन्।
भारतका विदेश सचिव विनय मोहन क्वात्राले प्रधानमन्त्री मोदीले युरोप भ्रमणका क्रममा युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्ने बताए।
प्रधानमन्त्री सोमबार नै जर्मनी पुग्ने कार्यक्रम छ। जर्मनीपछि उनले डेनमार्क र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।