• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

चुक्तापुँजी वृद्धि गुर्नपर्ने दबाबमा बीमा कम्पनी, विकल्प मर्जर, हकप्रद वा बोनस सेयर वितरण

64x64
सुमित्रा कार्की सोमबार, वैशाख १९, २०७९  ११:३१
1140x725

काठमाडौं– बीमा समितिले बीमा कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ। समितिले बीमा कम्पनीहरूलाई तोकिएको समय आगामी चैत मसान्तभित्र चुक्ता पुँजी बढाउन भनेको छ।

पुँजी वृद्धिका लागि बीमा समितिले गत चैत १० गते नै बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। अब निर्जीवन बीमा कम्पनीले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको छ।

हाल निर्जीवन तथा जीवन गरी ३९ वटा कम्पनी सञ्चालनमा छन्। ती सबै कम्पनीले कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल लाइभलाई बताए। समितिले दिएको समयसम्ममा ५० प्रतिशतमात्र बीमा कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका थिए। बाँकी कम्पनीले समयसीमा सकिएको एक हप्ताभित्रमा योजना बुझाएको पौडेल बताउँछन्।

पुँजी वृद्धिको लागि कम्पनीहरूले मर्जरमा जाने, हकप्रद सेयर जारी गर्ने, बोनस सेयर वितरण गर्ने जस्ता योजना समितिमा बुझाएका छन्। कतिपय बीमा कम्पनीले पुँजी वृद्धि गर्न नसक्ने समितिलाई जानकारी दिएका छन्। 

अहिले बीमा कम्पनीले सेवाग्राहीलाई दिने सेवा सुविधा प्रभावकारी नभएको कारण चुक्ता पुँजी वृद्धि गर्न दबाब दिइएको बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बताए। उनले भने, ‘हामीले बीमा कम्पनीलाई फोर्स मर्जरमा जान भनेका छैनौं। बीमा कम्पनीहरू आफैं मर्जरमा गएर वा अन्य कुनै माध्यमबाट चुक्ता पुँजी बढाउनु पर्छ भनेको हो।’

Ncell 2
Ncell 2

पुँजी बढाउन मर्जर, हकप्रद वा बोनस सेयर 
नेपालमा बैंक तथा वित्तीय कम्पनीको जस्तै बीमा कम्पनीको संख्या पनि धेरै भएको कारणसंख्या घटाउन मर्जरमा जान जोड दिनुपर्ने सिलवाल बताउँछन्। ‘अहिले भारतमा हेर्ने हो भने जम्मा १४ बीमा कम्पनी छन्। नेपालमा यस्तो कम्पनीको संख्या धेरै छ। भारतमा थोरै कम्पनीले नै सेवा प्रभावकारी दिएका छन्। नेपालमा धेरै हुँदा पनि काम गर्न सकेका छैनन्,’ उनी भन्छन्।

अहिले भएका बीमा कम्पनीहरू संख्यात्मक रुपमा धेरै भएको कारण मर्जरमा जानु उपयुक्त हुने बीमाविज्ञ भोजराज शर्मा बताउँछन्। उनी भन्छन्, ‘बीमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दबाब दिइएको कुरा सत्य होइन। पहिलेबाट हुँदै आएको प्रयास हो।’ 

पहिले पनि जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी पाँच अर्ब र निर्जीवनलाई दुई अर्ब बीमा समितिले निर्देशन दिएको शर्मा बताउँछन्। ‘बीमा कम्पनीको पुँजी बढाउने कुरा हुँदाहुँदै नयाँ बीमा कम्पनीले लाइसेन्स पाए। नयाँ कम्पनी आएपछि एकैचोटी सम्भव नभएर पुँजी बढाउने कुरा चरणबद्ध रुपमा अगाडी बढाइएको हो,’ उनी भन्छन्। 

चरणबद्ध रुपमा पुँजी बढाउने योजनापछि जीवन बीमाको पाँच अर्ब र निर्जीवन बीमाको दुई अर्बको सीमालाई पहिलो चरणमा दुई अर्ब र एक अर्बको सीमामा राखिएको थियो। दोस्रो चरणमा निर्धारित सीमामा जान निर्देशन दिइएको शर्माको बुझाइ छ। जोखिम व्यवस्थापन क्षमता वृद्धि गर्न पनि बीमा कम्पनीले चुक्ता पुँजी बलियो बनाउनु पर्ने उनको भनाइ छ।

यसैगरी, बीमा कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर पनि जारी गर्न सक्छन्। बीमा कम्पनीले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बेचेर पनि चुक्ता पुँजी बढाउन सक्ने शर्मा बताउँछन्। त्यसैगरी बोनस सेयर वितरणबाट पनि चुक्ता पुँजी वृद्धि हुने उनको भनाइ छ।

अब नयाँ लाइसेन्स नदिइने 
बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफ्नो कार्यकालमा नयाँ बीमा कम्पनी खोल्नलाई लाइसेन्स नदिने जानकारी दिएका छन्। बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले नयाँ कम्पनीलाई लाइसेन्स नदिने बताएका हुन्।

अहिले भएका बीमा कम्पनी नै धेरै भएको चर्चाका बीच लघुबीमा कम्पनीलाई बीमा समितिले लाइसेन्स दिन खोजेको सूचना बाहिर आएको थियो। तर, समितिका अध्यक्ष सिलवालले यो सूचना सत्य नभएको भन्दै कसैलाई लाइसेन्स दिने तयारी नभएको बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्