काठमाडौं– हम्जा शाहबाजलाई पञ्जाबको नयाँ मुख्यमन्त्रीको मान्यता दिन पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर उमर सरफराज चीमाले अस्वीकार गरेका छन्।
हम्जाले शनिबार पञ्जाब राज्यको मुख्यमन्त्रीको सपथ लिएका छन्। उनी राज्यको २१औं मुख्यमन्त्री बनेका छन्।
शपथ ग्रहणपछि हम्जाले देशको सबैभन्दा ठूलो प्रान्त एक महिनादेखि संवैधानिक संकटसँग जुधिरहेको बताए।
तर, पञ्जाबका गभर्नरको उक्त कदमपछि यो संकट गहिरिँदै गएको देखिन्छ। पञ्जाब प्रान्तका गभर्नर चीमाले ट्विट गर्दै आफूले हम्जालाई नयाँ मुख्यमन्त्रीका रूपमा मान्यता दिन अस्वीकार गरेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘मलाई यी मुख्यमन्त्रीमा विश्वास छैन। गभर्नरको हैसियतमा म कुनै पनि असंवैधानिक र झुटो मुख्यमन्त्री नियुक्तिको सूचनालाई मान्दिनँ। यो नक्कली सूचना बनाउने प्रयास हो, यो सपथ धम्की र ठगी गरेर लिइएको हो।’
चीमाले प्रधानन्यायाधीशलाई सम्पूर्ण विषयमा संवेदनशिलता लिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।