बुटवल– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमानको टायर पन्चर भएको छ।
शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारी गरेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।
उक्त विमानका लागि ७० जना यात्रुले टिकट लिएका थिए। विमान रनवे मै रहेकाले यसलाई हटाउन लागिएको छ।
टायर पन्चर भएपछि टिकट काटेका यात्रुहरुलाई अर्को विमानबाट काठमाडौ ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।