काठमाडौं- इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड जितेका छन्।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै सलाहले उक्त अवार्ड जितेका हुन्। फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ द इयर’ अवार्ड शुक्रबार इजिप्टका सलाहलाई दिने घोषणा भएको हो।
सलाहले यस सिजन ३१ प्रिमियर लिग खेलमा २२ गोल गरिसकेका छन्। यस्तै, १३ असिस्ट समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।