काठमाडौं- आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि बक्सिङतर्फ सातदोबाटोमा तीन दिनसम्म चलेको छनोटबाट विभिन्न तौल समूहबाट महिला र पुरुषतर्फ समान १६ जना खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका छन्।
महिलातर्पm ५१ केजी तौल समुहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी, ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, ६० केजीमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ तथा ६९ केजीमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ छनोट हुन सफल भएका हुन्।
यस्तै पुरुषतर्फ ५२ केजीमा चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी, ६७ केजीमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी, ६३ केजीमा भुपेन्द्र थापा, लालु आले, निशान दाश र सोनाम सार्की तथा ७५ केजीमा दीपक श्रेष्ठ, सनिल शाही, दिपेश लामा र साजन तामाङ बन्द प्रशिक्षणमा पर्न सफल भएका छन्। निकट भविष्यमा राखेपसँग समन्वय गरी बन्द प्रशिक्षण शुरु गरिने नेपाल बक्सिङ संघले जनाएको छ।
बक्सिङ रिङमा शुक्रबार भएको पुरुष ५७ केजी तौल समुहमा बागमती प्रदेशका सुरज महर्जनले एपिएफका पुरन राईलाई ५–० अंकको आधारमा पराजित गरे। ५२ केजी तौल समुहमा पुलिसका चन्द्र बहादुर थापाले बागमतीका लक्ष्मण राईलाई नेपाल ५–० अंकको आधारमा हराए।
६३ केजी तौल समुहमा पुलिसका भुुपेन्द्र थापाले एपिएफका सोनाम सार्कीबाट वाकओभर पाए। ७५ केजी तौल समुहमा आर्मीका दीपक श्रेष्ठले आफ्नै क्लबका दिपेश लामाबाट वाकओभर पाए।
महिलातर्फ ५१ केजी तौल समुहमा बागमतीकी सुस्मा तामाङले आर्मीकी मिनु गुरुङबाट वाकओभर पाइन्। ५७ केजीतौल समुहमा आर्मीकी बिमला श्रेष्ठले हेमा राईलाई ४–१ अंकको आधारमा हराइन्।
६० केजी तौल समुहमा संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई एबिडिको पराजित गरिन्। ६९ केजी तौल समुहमा एपिएफकी सरस्वती रानाले आर्मीकी सविना श्रेष्ठलाई ५–० अंकको आधारमा हराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।