काठमाडौं– गायक तथा संगीतकार उदय सोताङको गायनमा रहेको गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ।
देविथान म्युजिकको प्रस्तुतीको रुपमा रहेको यो गीत शुक्रबार सार्वजनिक भएको हो।
गीतलाई सोताङ र गीता शर्माले गाएका छन् भने संगीत गायक सोताङकै रहेको छ। सुमन योञ्जनले लेखेको गीतको शब्दमा संगीत संयोजन कृष्ण लिम्बुले गरेका छन्।
यता गीतको भिडियोलाई भने राजेश पुमा राईले निर्देशन गरेका छन्। भिडियोमा अभिनेता मुकुन भुषाल र अभिनेत्री बिमला लिम्बुको अभिनय रहेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।