काठमाडौं– जग्गासम्बन्धी हक मुद्दामा सेवाग्राहीसँग ५ लाख घुस माग्ने भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला सुनाएवापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस मागेको सूचनाका आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पछ्याएकको थियो।
झालाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा गत चैत २८ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा अनुसन्धानबाट झाले जग्गासम्बन्धी हक मुद्दामा फैसला गरिदिन्छु भनेर सेवाग्राहीसँग पाँच लाख माग गरी लिएको पुष्टि हुन आएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।