काठमाडौं– उच्च अदालत पोखराले कलाकार पल शाह (पूर्णवीक्रम शाह)को बलात्कार मुद्दाका २ वटै निवेदन एकसाथ पेस गर्न आदेश जारी गरेको छ। उच्च अदालतले तनहुँ र नवलपुर जिल्ला अदालतका आदेशविरुद्ध परेका छुट्टा–छुट्टै निवेदन एकसाथ पेस गर्न भनेको हो।
बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो।
उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार शाहले तनहुँ र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन पेस गरेका थिए।
उच्च अदालतले ती दुवै निवेदन एकसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।