प्रतिकात्मक तस्बिर
काठमाडौं– भक्तपुरमा पर्खालबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ। घटनामा अर्का एक पुरुष घाइते भएका छन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारमा आमाछोराले नै पर्खालबाट हामफालेका थिए।
हामफाल्दा ७४ वर्षीया आमा मनमाया तिमिल्सिनाको मृत्यु भएको हो। उनका ४९ वर्षीय छोरा मातुराम घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए।
मोरङको सुन्दर हरैचा–९ बिराटचोक घर भएका उनीहरु भक्तपुर बस्दै आएका थिए। कमेरेटारस्थित पिपलको रुखको फेदमा लगाएको पर्खालमा चढी बुधबार राति उनीहरुले हाम फालेको प्रहरीले जनाएको छ।
हामफाल्नुको कारणबारे बुझ्दा प्रहरीले दुबैजनाले डिप्रेशनको औषधी सेवन गरेको पाइएको र तनावमा आएर हामफालेको हुनसक्ने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।