काठमाडौं– हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।
आज (बुधबार) दिउँसो गण्डकी र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। बागमती र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।