१) कांग्रेसको घोषणापत्रमाथि एमाले अध्यक्ष केपी ओलीको आरोपै आरोप, घोषणापत्रले कांग्रेसको हविगत दर्शाएको टिप्पणी, कार्यकर्तालाई साह्रै भलादमी नहुन निर्देशन । (ओलीको आरोप)
२) स्थानीय निर्वाचनका लागि १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता, प्रमुखमा ३ हजार ४३० र अध्यक्षमा ३ हजार ३६३ जनाको उम्मेदवारी।
३) वाणिज्य बैंकको संख्या १५ सम्म झार्नुपर्ने नेपाल राष्ट्र बैंकको निष्कर्ष, नेपालमा अन्य बैंक तथा वित्तीय संस्था पनि संख्यात्मक रुपमा धेरै भएको उल्लेख । (राष्ट्र बैंकको निष्कर्ष)
४) उत्तर कोरियाका नेता किम जोङ–उन सैन्य परेडमा सहभागी, हाइपरसोनिक तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन, परमाणु अस्त्र कार्यक्रम अझै बलियो बनाउने घोषणा । (किम सैन्य परेडमा सहभागी)
५) र, च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजदेखि सुरु हुँदै, दुई लेगमा हुने सेमिफाइनल यसपटक ‘इंग्ल्यान्ड भर्सेस स्पेन’, आजको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने । ( च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजदेखि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।