काठमाडौं– गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको 'छिटको सारी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
डान्सिङ भर्सनको गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ। यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।
नवराज उप्रेतीले छायाँकन गरेको गीतको भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी रहेको छ। भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता बिस्ट फिचर्ड छन्। श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो।
जेबीआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।