काठमाडौं– चालु आर्थिक वर्ष (असार मसान्त) को सुरुआतबाट नै घट्न थालेको वाणिज्य बैंकको निक्षेप संकलन वैशाखको ९ गतेसम्म आउँदा पनि बढ्न सकेको छैन।
वैशाखको ९ गतेसम्म आउँदा वाणिज्य बैंकमा ४३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ। निक्षेप संकलन वैशाख १ गतेको भन्दा १२ अर्ब रुपैयाँले ओरालो लागेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।
वैशाख १ गतेसम्म वाणिज्य बैंकसँग ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। यसैगरी, वैशाख ९ गतेसम्म आउँदा बैंकको कर्जा लगानी पनि ओरालो लागेको संघको तथ्यांकले देखाएको छ।
१ गतेसम्म ४१ अर्ब ९५ खर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकले ९ गतेसम्म आइपुग्दा ४१ खर्ब ९५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्। बैंकहरुको कर्जा लगानी १ गतेको तुलनामा १ अर्ब रुपैयाँले घटेको संघले जनाएको छ।
असार मसान्तदेखि बैंकिङ क्षेत्रमा कर्जा लगानी निरन्तर बढ्ने निक्षेप संकलन लगातार घट्ने प्रक्रिया जारी रहेको छ। जस कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटको समस्या पनि समाधान हुन नसकेको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।