काठमाडौं– हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। साथै, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।