ताप्लेजुङ– मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख लेखा पनेरु महतोलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।
पूर्वसूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पनेरुलाई ताप्लेजुङको फुङलिङ नगरपालिका–४, कोप्चेबाट आइतबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी पनेरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।