काठमाडौं–काठमाडौंको चन्द्रागिरि नगरपालिकाको एक वडाले निर्वाचन आचारसंहिताविपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको ११० थान साडी प्रहरीले बरामद गरेको छ।
वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको सूचनाका आधारमा प्रहरी पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।