काठमाडौं– १९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले नेपालले १९औं एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने निर्णय गरेको हो।
नेपालले तेक्वान्दो, कराते, बक्सिङ, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ।
राखेपकाअनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।