काठमाडौं– नवौं राष्ट्रिय खेलकुदमा ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे बाेर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३८ वटा खेल समावेश गर्ने निर्णय गरेकाे हाे।
बाेर्डकाे निर्णयअनुसार राष्ट्रिय खेलकुदमा सातै प्रदेश र विभागीय टाेलीसँगै गैरनेपाली संघ (एनआरएन) गरी ११ टाेलीकाे सहभागिता रहने छ।
नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याड्मिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आई टि एफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी (सेभेन ए साइड), छेलो (प्रदर्शनी) र क्यानोइङ (प्रदर्शनी) खेलमा प्रतिस्पर्धा हुनेछन्।
यस्तै, नवाैं राष्ट्रिय खेलकुदमा ६ हजार आठ सय जना खेलाडी, एक हजार जना प्रशिक्षक, पाँच सय जना व्यवस्थापक, एक सय १४ जना संघका प्रतिनिधि र एक हजार जना निर्णायकको भूमिकामा रहने राखेपकाे अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।