काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘केजीएफ २’ प्रदर्शनमा आएको एक साता भएको छ।
गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्मले एक साता (हिजो)सम्मको प्रदर्शनबाट ७ सय करोड भारतीय रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ।
फिल्मले विश्वभरको प्रदर्शनबाट पहिलो सात दिनमा सात सय २० करोड ३१ भारतीय रुपैयाँ आम्दानी गरेको छ। यसबीच फिल्मको हिन्दी भर्जनले २५० करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। ‘केजीएफ २’ले पहिलो सातामै गरेको आम्दानीका आधारमा फिल्म छोटो समयमा धेरै आम्दानी गर्ने आठौं हिन्दी फिल्म पनि बनेको छ।
१ सय करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका छन्। फिल्ममा यशसँगै सञ्जय दत्त, श्रीनिधी शेट्टी, प्रकाश राज, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।