• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

देउवाको गृहजिल्लामा गठबन्धन नहुने सम्भावना बढी– माओवादी र समाजवादीले गर्न थाले उम्मेदवार सिफारिस

64x64
ललित बोहरा बुधबार, वैशाख ७, २०७९  १३:४४
1140x725

डडेलधुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका दलहरुले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका छन्। कांग्रेस डडेलधुराको विवादका कारण तालमेल हुने सम्भनाव कम रहेको भन्दै गठबन्धनका दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका हुन्। 

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्षसहित बहुमत वडाध्यक्ष जितेको अजयमेरु गाउँपालिकामा वर्तमान अध्यक्ष  उमेशप्रसाद भट्ट 'विकास' दोहोरिने भएका छन्। 

नेकपा माओवादी केन्द्र डडेलधुरा जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका भट्टलाई पुन: गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सिफारिस भएको छ। माओवादी केन्द्रको अजयमेरु गाउँपालिका समितिको पूर्ण बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिका समिति अध्यक्ष गणेश पाण्डेयले बताए।

देशभरका स्थानीय तहमध्ये कार्यसम्पादन मुल्याङ्कनमा अजयमेरु गाउँपालिकालाई पहिलो बनाउन सफल अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए।  २०७४ सालको निवार्चनमा माओवादी केन्द्रले त्यहाँ ५ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो।  

एउटा वडाध्यक्ष काँग्रेसले जितेको थियो। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टका भाइ हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यसम्पादन मूल्यांकनमा अजयमेरु गाउँपालिकालाई देशकै पहिलो स्थानमा राखिएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो। 

माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्षको उम्मेदवार भने टुंग्याएको छैन। एमालेबाट अजयमेरु गाउँपालिका अध्यक्षको उम्मेदवार अधिवक्ता पदम पाल सिफारिस भएका छन्। उपाध्यक्षमा अधिवक्ता आरती जोशी उम्मेदवार हुने चर्चा छ। 

यस्तै, गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले गन्यापधुरा गाउँपालिकाको अध्यक्षका लागि २ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। देउवाको गृहपालिका समेत रहेको गन्यापधुराको अध्यक्षका लागि एकीकृत समाजवादीले नरबहादुर बिष्ट र यादव जोशीको नाम सिफारिस गरेको छ। बिष्ट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा डडेलधुरा जिल्ला इञ्चार्ज हुन् भने जोशी सामाजिक अभियन्ता हुन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसका स्पष्ट २ गुट छन्। सभापति देउवा (संस्थापन) पक्ष गठबन्धनको पक्षमा छ भने पूर्व जिल्ला सभापति कर्ण बहादुर मल्लसहितका नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्। 

७ स्थानीय तह रहेको डडेलधुरामा २०७४ सालको निवार्चनमा कांग्रेसले ४ स्थानीय तहको प्रमुख जितेको थियो। नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले १ स्थानीय तह जितेको थियो। 

नेकपा एमाले विभाजन हुँदा नवदूर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र विष्टले एकीकृत समाजवादी रोजेका थिए। यस्तै, अमगरगढी नगरपालिकाकी उपप्रमुख संगीता भण्डारीले पनि एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेकी थिइन्। 

गठबन्धन हुने अवस्थामा डडेलधुरामा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा दाबी गर्दै आएका छन्। माओवादी केन्द्रले अजयमेरु गाउँपालिका, परशुराम नगरपालिका र आलीताल गाउँपालिकामा दाबी गर्दै आएको छ। एकीकृत समाजवादीले नवदूर्गा गाउँपालिकासँगै आलीताल गाउँपालिका वा गन्यापधुरा गाउँपालिकामध्ये १ पालिका गरी २ पालिकामा प्रमुख पाउनुपर्ने दाबी गर्दै आएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्