काठमाडौं– सनिमा बैंकले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन्। ग्राहकले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ। प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ।
व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन्। ग्राहकले २ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्।
बैंकले हाल देशभर १२६ शाखा र ११५ वटा एटीएममार्फत वित्तीइ सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।