• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सम्पादकीय

आर्थिक संकटलाई तत्काल सम्बोधन गर

64x64
नेपाल लाइभ सोमबार, वैशाख ५, २०७९  १३:००
1140x725

देशको आर्थिक स्थिति संकट उन्मुख छ। अहिलेको बहसको प्रमुख केन्द्र बढ्दो आयात, घट्दो विदेशी मुद्राको सञ्चिति, देश कतै श्रीलंकाको अवस्थामा त पुग्ने होइन भन्नेतर्फ  केन्द्रित छ। यही बहसको बीचमा राष्ट्र बैंकको गभर्नरलाई गरिएको निलम्बनले थप चिन्ता र आशंका बढाएको छ।

अर्थशास्त्रीहरुका अनुसार नेपाल र श्रीलंकाको अर्थतन्त्रको स्वरुप र आर्थिक संकटको कारकमा समानता छैन। कोभिड र युक्रेन द्वन्दले ल्याएका समस्याबाहेक श्रीलंकाको मूल समस्या व्यावसायिक दरमा लिइएको निजी ऋणको अंश कुल ऋणमा झन्डै ४० प्रतिशत हुनु हो।

अर्थतन्त्रको आकारको अनुपातमा नेपालमा पनि बाह्य ऋणको अंश बढेको छ, तर यसको ठूलो हिस्सा सहुलियतपूर्ण छ। अन्तर्राष्ट्रिय व्यावसायिक ऋण लिनका लागि चाहिने सामर्थ्य र विश्वसनीयता हाम्रो थिएन र छैन। श्रीलङ्का र नेपालबीचको समानता भने आर्थिक कुशासन र राजनीतिक नेतृत्वको गैरजिम्मेवारीमा छ। मुलुकलाई आफ्नो जमिन्दारी ठान्ने 'भ्रष्ट शासक' जो तथ्यमा आधारित नभएर व्यक्तिगत सनकको भरमा नीति निर्माण गर्छन्, दुवै देशमा हाबी भए।

श्रीलंकाको विदेशी मुद्राको मुख्य स्रोत पर्यटन, विप्रेषण र निर्यात हो। सबैमा अहिले चाप छ। सन् २०१९ मा गराइएको बम विस्फोट र त्यसलगत्तै कोभिड–१९ को असरले श्रीलंकाको पर्यटन उद्योग तहसनहस भयो। नेपालको हकमा विप्रेषणको ठूलो भरथेग र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान श्रीलंकाको स्तरमा नभएकोले पनि अहिले समस्या त्यति चर्को हुने देखिन्न। तर, श्रीलंकाको आर्थिक संकटबाट हामीले पाठ भने सिक्नु आवश्यक छ।

अहिलेको संकटको अर्को आयाम घट्दो विदेशी मुद्रा सञ्चिति हो। राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले हामीसँग करिब सात महिनाको आयात धान्ने सञ्चिति छ। विगतमा पनि सञ्चितिको यो स्तर नघटेको होइन, तर अहिलेजस्तो लगातार घटिराखेको अवस्था थिएन। यसकारण सरकार सजग हुनु आवश्यक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी मुद्राको सञ्चिति घट्नुमा विभिन्न कारण छन्। यसमध्ये बढ्दो आयात प्रमुख कारण हो। अल्पकालमा आयात घटाउन सक्ने अवस्था देखिँदैन। तर, सरकारले अनावश्यक विदेश भ्रमण, फजुल खर्च नियन्त्रण जस्ता उपाय अवलम्बन गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सक्छ। आयात प्रतिबन्ध राम्रो उपाय मानिँदैन। यसले आम नागरिकको अधिकारलाई कुण्ठित गर्छ।

तथ्यांकको अभाव र देशको शक्तिशाली र कुलीन वर्गको संलग्नताको कारण अहिलेको सन्‍दर्भमा छलफल नै नगरिएको विषय हुण्डीमार्फत नेपालबाट विदेश जाने रकम हो। हुण्डीले विदेशी मुद्राको सञ्चिति त घटाउँदैन, तर बढ्न पनि मदत गर्दैन। त्यसैले सरकारले इमान्दारीपूर्वक गैरकानुनी तरिकाले आर्जन गरेको रकम बाहिर लैजाने प्रवृत्ति नियन्त्रण गर्नु आवश्यक छ। यसरी बाहिरिने रकम निकै ठूलो रहेको जानकारहरु बताउँछन्।

अहिले देशमा बहस गर्नुपर्ने, तर बहसमा नै नआएको विषय युक्रेन विरुद्ध रुसी हमला र यसको प्रभाव हो। रुस–युक्रेन युद्धका कारणले विश्वव्यापी रुपमा महंगी बढेको छ। नेपालमा पनि मुद्रास्फितीको दर ७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। यसले आम नागरिकको जीवनस्तर कष्टकर बनाएको छ भने विदेशी मुद्राको सञ्चिति पनि घटाएको छ।

नेपालमा कोभिडपश्चात विप्रेषणमा केही कमी आए पनि विप्रेषण पुनः बढ्न थालेको छ र पर्यटकको आगमन पनि बढ्न थालेको छ। यसले विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने आशा गर्न सकिन्छ। नेपाललाई आर्थिक संकटबाट जोगाउन सरकारले गर्न लागेको आयात नियन्त्रण र दुई दिन बिदा दिने निर्णय उपयुक्त निर्णय होइन। यसले आम नागरिकमा हतासको स्थिति पैदा गर्ने छ। सरकार फजुल खर्च नियन्त्रण र गैरकानुनी तरिकाले आर्जित रकम विदेश लैजाने प्रवृत्तिप्रति कठोर हुनु आवश्यक छ।

सरकारले हालै गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न सहजीकरण गरिदिएको छ। गैरआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर संसारभरिबाट प्रवासी नेपालीहरुलाई नेपालका बैंकहरुमा डलरलगायतका विदेशी मुद्रामा खाता खोल्न प्रोत्साहित गर्न जरुरी छ।

विगतमा भारत, पाकिस्तानलगायतका डायस्पोराले मातृभूमिलाई आवश्यकता पर्दा मन खोलेर सहयोग गरेका उदाहरणहरु छन्। विदेशी बैंकमा निकै न्यून व्याजदरमा राखिएको वचत नेपाली बैंकमा आकर्षक व्याजदरमा राख्न पक्कै पनि गैरआवासीय नेपालीहरुलाई प्रेरित गर्न सकिन्छ। त्यसका लागि नेपाली दूतावासहरुलाई तत्काल सक्रिय बनाउनु आवश्यक छ।

सबैभन्दा महत्वपूर्ण कुरा त नागरिकसँग संवाद र आम देशवासीको विश्वास जित्नु नै हो। आगामी आर्थिक वर्षको लागि बजेट बनाउने तयारी गरिँदै गर्दा सरकारले मुलुकलाई आर्थिक संकटबाट जोगाउने उसको ‘रोड म्याप’ के हो, सार्वजनिक गरेर संसदमा र आम जनताका बीच व्यापक बहस चलाउनु पर्छ।  चुनावी वर्ष २०७९ मा जनतालाई सुसूचित गर्नु सत्तारुढ गठबन्धनको जिम्मेवारी पनि हो।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्